कीवर्डहरू -

हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम नियुक्त

हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम नियुक्त

नेपालको लोकप्रिय एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भएकी छन् । बि.सं २०७० साल यता हाम्रो पात्रोमा प्रशासन विभाग प्रमुख रहेकी गौतमलाई कम्पनीको प्रबन्ध निर्देशकमा पदोन्नती गरिएको हो ।

हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारीक प्रतिनिधि एवम् सम्पर्क व्यक्ति रहेको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारीक प्रतिनिधि एवम् सम्पर्क व्यक्ति रहेको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हाम्रो पात्रो नेपालको सबैभन्दा बढी डाउनलोड भएको मोबाइल एप हो । हाम्रो पात्रोमा रेडियो, समाचार, पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता एक दर्जन फिचर समावेश छन् ।

यसमा विनिमयदर, शेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, नोट, हाम्रो म्यासेज जस्ता  दैनिक आवश्यकताका फिचरका पनि छन् ।