कीवर्डहरू -

विन्डोज ११ का कारण पुनः डिजाइन गरियो माइक्रोसफ्ट स्टोर

विन्डोज ११ का कारण पुनः डिजाइन गरियो माइक्रोसफ्ट स्टोर

विन्डोज ११ ले माइक्रोसफ्ट स्टोरको रुप परिवर्तन गरेको छ । कम्पनीले माइक्रोसफ्ट स्टोरलाई पुन: डिजाइन गरेको हो । स्टोरमा आईकनहरु पनि अपडेट गरिएको छ र लेआउटमा पनि परिवर्तन ल्याइएको छ ।

माइक्रोसफ्टले ३६५, टिम्स, भिजुअल स्टुडियो र नोटप्याड जस्ता एपहरुलाई माइक्रोसफ्टको स्टोरमा ल्याउने भएको छ ।

त्यस्तै कम्पनीले एडोब क्रियटिभ क्लाउड, डिज्नी प्लस, टिकटक र जूम जस्ता एप पनि स्टोरमा ल्याउने भएको छ ।

माइक्रोसफ्ट स्टोरले स्टोरिज पनि फिचर गर्नेछ र कुनै एप भेटाउनका लागि रिच ‘एडीटोरियल कन्टेन्ट’ भन्ने फिचर पनि ल्याउने छ ।

वेब पेजमा गएर माइक्रोसफ्ट स्टोर क्लिक गर्दा स्टोरले एप इन्स्टल गर्नका लागि पप अप पनि आउने गर्दछ । एप निर्माताहरुले थर्ड पार्टी कमर्स प्लेटफर्महरुबाट पाएको पैसा पनि आफै राख्न पाउने कम्पनीले बताएको छ तर यो फिचर पिसी गेमका लागि भने लागु हुँदैन् ।

निर्माताहरुले माइक्रोसफ्टमा एपहरुलाई एमएसआईएक्समा फरम्याट पनि गर्नुपर्दैन् । यसले गर्दा सजिलै एप विकासकर्ताले स्टोरमा एप हाल्न पाउनेछन् ।