कीवर्डहरू -

एनएमबी लघुवित्तले शुरु गर्‍यो ऋण अटोमेसन प्रणाली

एनएमबी लघुवित्तले शुरु गर्‍यो  ऋण अटोमेसन प्रणाली

एनएमबी लघुबित्त वित्तिय संस्था लिमिटेडले एसबी सोलुसन्स् प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।

एनएमबी लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे र एसबी सोलुसनका अध्यक्ष  विपुल ढकालले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

क्रेडिट-एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, लघुबित्त संस्थाहरूले पूणर् रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् ।

यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्‍याउनेछ ।

यो नयाँ तरिकाले लघुबित्त संस्थालाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ ।

यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, लघुबित्त संस्थाहरूका उपभोक्ताहरूले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् ।