कीवर्डहरू -

सागर ग्रुपले नेपाली बजारमा भित्र्यायो ब्रदर ब्राण्डको नयाँ मोडेलका प्रिन्टर

सागर ग्रुपले नेपाली बजारमा भित्र्यायो ब्रदर ब्राण्डको नयाँ मोडेलका प्रिन्टर

सागर ग्रुपले नेपाली बजारमा ब्रदर ब्राण्डको नयाँ मोडेलका प्रिन्टर भित्र्याएको छ । एकदशक बढी देखि ब्रदर ब्राण्डको लागि नेपालको आधिकारिक विक्रेता सागर ग्रुपले नेपाली बजारमा ब्रदर ब्राण्डको नयाँ मोडेलका प्रिन्टर भित्र्याएको हो ।

नयाँ प्रिन्टरको मोडेलहरुमा कलर इंकजेट टेक्नोलोजीको अन्तर्गत इंक ट्यांक रिफिल सिस्टम डीसीपी-टि २२०, डीसीपी-टि ४२० डब्लु, डीसीपी-टि ७२० डब्लु, डीसीपी-टि ८२० डब्लु र एमएफसी-टि ९२० डिडब्लु मोडेल रहेका छन भने लेजर सिंगल प्रिन्टरमा एचएलएल २३७० डीएन उपलब्ध रहेको छ ।

यी नयाँ मोडेलहरु होम युजर देखि कर्पोरेट हाउस सम्म लक्षित गरी भित्र्याएको सागर ग्रुपका सेल्स डाइरेक्टर विजय के.सी.ले बताए ।

यसमा मोडेल अनुसार प्रिन्ट, स्क्यान, कपि, फ्याक्स, डिस्प्ले, प्रिन्ट स्पीड, वायरलेस नेटवर्क, वायर नेटवर्क, डुप्लेक्स प्रिन्टिंग, बडरलेस प्रिन्टिंग, पीसी फ्याक्स, मोबाइल प्रिन्टिंग, वाई-फाई डाइरेक्ट, अटो डकुमेन्ट फिडर, इथरनेट, वायरलेस कनेक्टिभिटी, ब्रदर आइप्रिन्ट तथा स्क्यान, एप्पल एयर प्रिन्ट मोपरिया र वाईफाई डाइरेक्टको विशेषता रहेका छन् ।

लेजर प्रिन्टर अन्तर्गत एचएलएल २३७० डीएनमा प्रति मिनेट ३४ पेजको गतिमा २६०० पेज सम्मको टोनर कार्टेज रहेको प्रिन्टरले डुप्लेक्स सहित वायर नेटवर्क पनि छ । यो प्रिन्टर घर तथा स-साना कार्यालयहरूलाई लक्षित गरी ल्याइएको विजयले बताए ।

माथिका यी विभिन्न मोडेलका प्रिन्टर बारे थप जानकारी लिन तथा खरिद गर्न यहाँ क्लिक गर्नुहोस् । सागर ग्रुपले नेपालमा दुई दशकदेखि आईटी सम्बन्धि प्रडक्टहरु विक्री, वितरण गर्दै आएको छ ।

ग्राहकहरुलाई विक्री पछि उत्कृष्ट सेवा दिइरहेको कम्पनीको दावी छ । सागर ग्रुपले देशका विभिन्न डिलर र सर्भिस सेन्टर मार्फत नेपालभर सेवा उपलब्ध गराइरहेको छ ।