कीवर्डहरू -

के तपाईका फाइल आई क्लाउडबाट डिलिट भए ? यसरी ल्याउनुहोस् फिर्ता

के तपाईका फाइल आई क्लाउडबाट डिलिट भए ? यसरी ल्याउनुहोस् फिर्ता

के तपाई आईफोन, म्याक वा आईप्याडमा आई क्लाउड प्रयोग गर्नु हुन्छ ? आई क्लाउड प्रयोग गर्नु हुन्छ भने आई क्लाउडमा राखेको कुनै पनि फाइलहरु अकस्मात डिलिट भएका हुन सक्छन् ।

यदि डिलिट भएका छन् भने तपाईले डिलिट भएका फाइललाई पुनः फिर्ता ल्याउन अर्थात रिस्टोर गर्न सक्नु हुन्छ ।

आई क्लाउड भनेको एप्पलको प्राइमरी अनलाइन स्टोरेजको समाधान हो । यसमा फाइलहरु अपलोड गर्न ५ जीबी स्टोरेज निःशुल्क पाइन्छ । ५ जीबी भन्दा थप स्टोरेज आवश्यक भए खरिद गर्न सकिन्छ ।

डिलिट भएका फाइलहरु ३० दिनसम्ममा मात्र आई क्लाउडबाट पुनः फिर्ता ल्याउन सकिन्छ । ३० दिनपछि डिलिट भएका फाइलहरु आई क्लाउडबाट सधैको लागि डिलिट हुन्छन् ।

डिलिट भएका फाइलहरु फिर्ता ल्याउनको लागि सबैभन्दा पहिले म्याक, आईप्याड वा आईफोनमा कुनै पनि वेब ब्राउजर खोल्नुहोस् । त्यसपछि आई क्लाउडको वेबसाइट खोलेर एप्पल आईडी लगइन गर्नुहोस् ।

अकाउन्ट लगइन भइसकेपछि ‘अकाउन्ट सेटिङमा’ जानुहोस् । त्यसपछि ‘एडभान्स’ सेक्सनमा गएर ‘रिस्टोर फाइल्स’ अप्सनमा जानुहोस् ।

त्यसपछि हालै डिलिट भएका फाइलहरु लोडिङ हुनजेल सम्म पर्खनुहोस् । लोडिङ भएपछि फाइल छनौट गर्नुहोस र रिस्टोर गर्नको लागि सेलेक्ट गर्नुहोस् ।

त्यसपछि ‘रिस्टोर’ बटनमा क्लिक गरी पुनः फिर्ता हुने प्रक्रिया सम्म पर्खनुहोस् । प्रक्रिया पुरा भइसकेपछि फिनिस गर्न डन बटनमा क्लिक गर्नुहोस् ।