कीवर्डहरू -

टेलिग्राममा अब ग्रुप भिडियो कल पनि गर्न सकिने

टेलिग्राममा अब ग्रुप भिडियो कल पनि गर्न सकिने

टेलिग्रामले ग्रुप भिडियो कलको फिचर सार्वजनिक गरेको छ । टेलिग्रामको पछिल्लो आईओएस, एन्ड्रोईड र डेक्स्टप एपमा प्रयोगकर्ताहरुले ग्रुप भ्वाइस च्याटलाई भिडियो कन्फेरेन्स कलमा परिणत गर्न सकिन्छ ।

त्यस्तै कसैको भिडियो पिन गर्न मिल्ने अप्सन पनि रहेको छ । यसले गर्दा कोही नयाँ सहभागी जोडिदा पनि आफूले सुन्न चाहेको मान्छेको भिडियो यताउती जाँदैन् ।

यसमा स्क्रीन सेयर गर्न पनि मिल्ने जनाइएको छ । यसमा दुवै क्यामेरा फिड र स्क्रीन एकैपटक शेयर गर्न मिल्ने अप्सन हुने गर्दछ । अहिलेका लागि ग्रुप भिडियो कल ३० जना सम्म मात्र सिमित रहेको छ ।

तर यो शङ्ख्यालाई चाँडै बढाउने कम्पनीले बताएको छ । यसले गर्दा पछि एपमा लाइभ ईभेन्टहरु पनि सञ्चालन गर्न सकिने छ ।

ट्याबलेटमा साइड प्यानल खोलेर स्प्लिट स्क्रीन भ्यू पनि हेर्न मिल्छ । अप्रिल २०२० मै टेलिग्रामले भिडियो कन्फेरेन्सिङको फिचर ल्याउने जानकारी दिएको थियो ।