कीवर्डहरू -

विन्डोज ११ को प्रिभ्यूले ब्याट्री जोगाउन रिफ्रेस दर परिवर्तन गर्ने

विन्डोज ११ को प्रिभ्यूले ब्याट्री जोगाउन रिफ्रेस दर परिवर्तन गर्ने

विन्डोज ११ को प्रिभ्यूले ब्याट्री जोगाउन रिफ्रेस दरलाई परिवर्तन गर्ने भएको छ । रिफ्रेस रेटले तपाईलाई सहज तरिकाले पिसीमा काम गर्न दिनेछ । तर यसले एकदमै धेरै ब्याट्री पनि खर्च गर्ने गर्दछ ।

त्यस कारण ब्याट्री पनि जोगाउन र रिफ्रेस रेटलाई पनि अन राख्न माइक्रोसफ्टले डाईन्यामिक रिफ्रेस रेट (डिआरआर) ल्याएको छ ।

यो फिचर विन्डोज ११ इन्साईडर प्रिभ्यूमा रहेको छ । डिआरआरले ल्यापटप रिफ्रेस दरलाई ईमेल वा डक्यूमेन्टहरु लेख्दा ६० हर्जमा पारिदिन्छ र केही सर्फ वा स्क्रोल गर्दा १२० हर्ज पारिदिने गर्दछ । यो सपोर्ट अहिलेका लागि माइक्रोसफ्ट र एडोबको केही एपका लागि मात्रै उपलब्ध रहेको छ ।

केही समय पछि अरु एपहरुका लागि पनि यो फिचर उपलब्ध हुने माइक्रोसफ्टले बताएको छ । यो फिचर चलाउन तपाईको डिभाइसको रिफ्रेस दर १२० हर्ज सम्म भएको हुनुपर्नेछ ।