कीवर्डहरू -

फेसबुकमा एक्टिभ स्टाटसलाई कसरी अफ गर्ने ?

फेसबुकमा एक्टिभ स्टाटसलाई कसरी अफ गर्ने ?

कहिलेकाही कुनै अरु काम गरिरहँदा फेसबुकमा नियमित रुपमा आइरहेको मेसेज तथा नोटिफिकेसनले तपाईलाई दिक्क लागिरहेको हुन सक्छ ।

त्यस्तो अवस्थामा एक्टीभ स्टाटसलाई अफ गरियो भने तपाई अनलाइन हुनुभएको देखाउदैन् । काम गरिरहेको समयमा पनि यो फिचरले एकदमै सहयोग पुर्‍याउन सक्छ । फेसबुकमा एक्टीभिटी स्टाटसलाई अफ गर्नका लागि तलको प्रक्रिया प्रयोग गर्न सकिन्छ ।

१. सर्वप्रथम आफ्नो फोन फेसबुक एप खाल्ने

२. त्यसपछि माथिल्लो बाँया भागमा रहेको तीन ओटा थोप्लामा क्लिक गर्ने

३. यसपछि तल स्क्रोल गरेर सेटिङ्ग एण्ड प्राईभेसी भन्ने फिचरमा गएर सेटिङ्ग भन्ने अप्सनमा क्लिक गर्नुपर्छ ।

४. यति गरेपछि  तल स्क्रोल गरेर ‘एक्टीभ स्टाटस’ भन्ने अप्सन खोजेर क्लिक गर्नुपर्छ ।

५. त्यहाँबाट एक्टीभ स्टाटसको टगललाई अफ गरिदिनुपर्छ ।

यसरी फेसबुकमा एक्टीभिटी स्टाटसलाई अफ गर्न सकिन्छ ।