कीवर्डहरू -

ट्विटरले समाधान गर्‍यो ‘लेटेस्ट ट्विट’ ट्याबलाई डिसेबल गरिदिने बग

ट्विटरले समाधान गर्‍यो ‘लेटेस्ट ट्विट’ ट्याबलाई डिसेबल गरिदिने बग

ट्वीटरले ‘लेटेस्ट ट्विट’ भन्ने ट्याबलाई डिसेबल गरिदिने बग समाधान गरेको छ । यसले केही समयदेखि केही वेब प्रयोगकर्ताहरुले पछिल्लो ट्वीटहरु नदेखाउने समस्या भोगेका थिए ।

यसले गर्दा धेरै प्रयोगकर्ताले ट्वीटरले एल्गोरिदमिक र क्रोनोलोजिकल फिड बिच स्वीच गर्न मिल्ने टगल हटाईदिएको थियो ।

मान्छेहरुले दिनभरि त्यसको बारेमा ट्वीट गरेका थिए किनभने दुई ओटा फिड बिचमा स्वीच गर्न दिने स्टार आईकननै रहेको थिएन । यसले धेरै प्रयोगकर्तालाई असर नपारेता पनि धेरै जनाले यसको बारेमा गुनासो राखेका थिए ।

कम्पनी र आधिकारिक सपोर्टले यो समस्या एउटा सफ्टवेयरमा खराबीका कारणले आएको भनेर जानकारी दिएका थिए । त्यसपछि ट्विटरले उक्त समस्या ठिक गरेको छ ।