कीवर्डहरू -

फोरजी चलाउनेको संख्या ७८ लाख नाघ्यो, एनसेलका मात्र ५० लाख

फोरजी चलाउनेको संख्या ७८ लाख नाघ्यो, एनसेलका मात्र ५० लाख

चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) चलाउनको संख्या ७८ लाखबाट माथि लागेको छ । मुलुकमा तीनवटा मोबाइल सेवा प्रदायकले फोरजी सेवा सञ्चालन गरिरहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चैत महिनाको एमआइएस रिपोर्टअनुसार फोरजी चलाउनेको संख्या ७८ लाख ७१ हजार ५ सय ५५ पुगेको छ ।

एक वर्षको अवधिमा फोरजी चलाउनको संख्या ३० लाख ५० हजार २ सय १३ ले वृद्धि भएको छ । गत वर्षको चैतसम्म फोरजी चलाउनेको संख्या ४८ लाख २१ हजार ३ सय ४२ थियो ।

सबैभन्दा धेरै फोरजीका ग्राहक एनसेलका छन् । उसका ग्राहक हालसम्म ५० लाख १७ हजारभन्दा धेरै रहेका छन् ।
त्यस्तै, नपाल टेलिकमका २६ लाख ३६ हजार र स्मार्टसेलका २ लाख १७ हजार रहेका छन् ।

एक वर्षको अवधिमा मोबाइल ब्रोडव्यान्ड १० प्रतिशतले वृद्धि भएको छ । गत वर्षको चैतमा मोबाइल ब्रोडव्यान्ड ५५.२९ रहेकोमा अहिले ६५.३९ प्रतिशत पुगेको छ ।

पछिल्लो समय विस्तार भएको फोरजीका कारण मोबाइल ब्रोडव्यान्ड इन्टरनेटको विस्तार धेरै भएको हो ।
थ्रिजी चलाउनेको संख्या १ करोड १७ लाख ६० हजार पुगेको छ । यो गत वर्षभन्दा झन्डै  २ लाखले मात्र बढी हो । गत वर्ष थ्रिजी चलाउनेको संख्या १ करोड १५ लाख ६२ हजार रहेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चैत महिनाको एमआईएस रिपोर्टअनुसार मुलुकमा ब्रोडव्यान्ड इन्टरनेटको पहुँचमा हुने जनसंख्या ८८.९३ पुगेको छ । अर्थात यो संख्या भनेको २ करोड ६८ लाख ८२ हजार ७ सय २१ हो ।

गत वर्ष चैत महिना कै तथ्यांक हेर्ने हो भने ब्रोडव्यान्ड इन्टरनेटमा जोडिने जनसंख्या २ करोड १९ लाख १४ हजार ६८ अर्थात ७३.३५ प्रतिशत थियो ।

वर्षदिनमा ब्रोडव्यान्ड इन्टरनेटमा जोडिने संख्यालाई तुलना गर्दा एक वर्षको अवधिमा ४९ हजार ६८ लाख ६ सय ५३ थपिएका छन् । अर्थात एक वर्षमा १५.५८ प्रतिशतले ब्रोडव्यान्ड इन्टरनेटका उपभोक्ता वृद्धि भएका छन् ।