कीवर्डहरू -

नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत

नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत

सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको मन्त्रीपरिषद बैठकले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय हो ।

मन्त्रीपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री वसन्त कुमार नेम्वाङले असार ७ गते बसेको मन्त्रीपरिषद बैठकले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको प्रस्तावमा नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

साथै असार १४ गते बसेको मन्त्रीपरिषद बैठकले सरकारी निकायका वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धि निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।