कीवर्डहरू -

ह्याकरले बनाए नेपाल राष्ट्र बैंकको नक्कली फेसबुक पेज, विश्वास नगर्न आग्रह

ह्याकरले बनाए नेपाल राष्ट्र बैंकको नक्कली फेसबुक पेज, विश्वास नगर्न आग्रह

नेपाल राष्ट्र बैंकको नाममा नक्कली फेसबुक पेज बनाएर गलत सूचनाहरु जारी भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो नाममा नक्कली फेसबुक पेज बनाएर विभिन्न सूचना जारी भएको भन्दै त्यो आधिकारिक नभएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको अहिलेसम्म कुनै पनि आधिकारिक फेसबुक पेज नरहेकोसमेत जनाएको छ । ‘यस बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनै पनि सूचना प्रबिष्ट नगर्नुहुन सुम्पूर्ण फेसबुक प्रयोगकर्ताहरुमा जानकारइ गराइन्छ,’ नेपाल राष्ट्र बैंकले सूचनामा भनेको छ ।

यसरी अनधकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने÷गराउनेलाई साइबर अपराधसम्बन्धी कानुन बमोजिम कारवाही हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्ता भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न सर्वसाधरणामा नेपाल राष्ट्र बैंकले अनुरोधसमेत गरेको छ ।