कीवर्डहरू -

उड्ने कारले पहिलो पटक विभिन्न शहर घुम्यो (भिडिओ)

उड्ने कारले पहिलो पटक विभिन्न शहर घुम्यो  (भिडिओ)
फोटो स्रोत : भर्डिक्ट

एयरकारको प्रोटोटाइपले आफ्नो पहिलो अन्तर–शहरीय उडान पुरा गरेको छ । यो उडने कार हो । स्लोभाकीयाको कम्पनी केल्यन भिजनले हालैमा निट्रा एयरपोर्ट देखिब्राटिसलाभा एयरपोर्टसम्म अन्तर–शहरीय उडान गराएको थियो।

यो हाईब्रिड एयरक्राफ्टमा कम्पनीले गत ३० वर्ष देखि काम गर्दै आएको छ । ३५ मिनेटको उडान सकिएपछि यो कारको निर्माता प्रोफेसर स्टीफन क्लेनले कारको पंखा बन्द गरेर कारलाई गुडाएर टारम्याक सम्म लगेका थिए ।

कम्पनीले यो एयरकारको १४२ पटक सुरक्षित ल्याण्डिगं गराइसकेको छ र ४० घण्टा परीक्षण उडान पुरा गरिसकेको छ ।

यो पालिको परीक्षण उडानमा एयरकारले १७० किलोमिटर प्रति घण्टाको गतिमा उडेको थियो । यसको उच्चतम गति भनेको १९० किलोमिटर प्रति घण्टा रहेको छ ।

यो ८२०० फिट माथि सम्म उडेको थियो र ४५ डिग्री टर्नमा पनि सफलतापूर्वक घुमेको थियो । अहिलेको प्रोटोटाइपमा १६० एचपीको बिएमडब्लु इन्जिन र ब्यालिस्टिक प्यारासुट पनि रहेको छ ।