कीवर्डहरू -

भेस्पा र अप्रिलियाद्वारा नाडा अटो शोमा ‘द सेभिङ एक्स्ट्राभ्यागान्जा’ योजना सार्वजनिक

भेस्पा र अप्रिलियाद्वारा नाडा अटो शोमा ‘द सेभिङ एक्स्ट्राभ्यागान्जा’ योजना सार्वजनिक

काठमाडौं । नेपालमा भेस्पा र अप्रिलियाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष ‘द सेभिङ एक्स्ट्राभ्यागान्जा’ योजना सार्वजनिक गरेको छ ।

नाडा अटो शो अवधिभर भेस्पा वा अप्रिलिया खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार योजनाअन्तर्गत सवारीसाधन खरिद गर्ने ग्राहकले विशेष भेस्पा तथा अप्रिलिया ल्यापटप ब्यागसमेत प्राप्त गर्नेछन् । यो योजना नगद, फाइनान्स तथा एक्सचेन्जमार्फत सवारीसाधन खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ ।

यस वर्ष भेस्पाले नाडा अटो शोमा आफ्नो उपस्थिति थप आकर्षक बनाउन ‘इटालियन क्याफे–इन्स्पायर्ड’ थिममा स्टल तयार गरेको छ । स्टलको डिजाइनमार्फत भेस्पाको इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभवलाई प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

प्रदर्शनीमा नयाँ अप्रिलिया एसआर १७५ एचपी.ई., लाइल्याक रंगको भेस्पा १२५ र ओरो रंगको भेस्पा एस १२५ मुख्य आकर्षणका रूपमा राखिएका छन् ।

null

त्यस्तै, अप्रिलियाका स्टोर्म १२५ र एसआर १६० तथा भेस्पाका विभिन्न रंगका जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ समेत प्रदर्शनीमा राखिएका छन् ।

डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले नाडा अटो शोमार्फत भेस्पा र अप्रिलियाका नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा उत्साहित रहेको बताए ।

उनका अनुसार नयाँ अप्रिलिया एसआर १७५ एचपी.ई., लाइल्याक रंगको भेस्पा १२५ र ओरो रंगको भेस्पा एस १२५ ले ग्राहकलाई नयाँ विकल्प उपलब्ध गराउनेछन् ।

भेस्पाको क्याफे-थिममा आधारित स्टल र ‘द सेभिङ एक्स्ट्राभ्यागान्जा’ योजनाले यस वर्षको नाडा अटो शोमा ग्राहकको अनुभव थप विशेष बनाउने कम्पनीको अपेक्षा छ ।

भेस्पा र अप्रिलियाका नयाँ मोडल तथा विशेष अफरबारे जानकारी लिन ग्राहकले नाडा अटो शो २०२६ को टीडब्ल्यूई ११ नम्बरको स्टलमा अवलोकन गर्न सक्नेछन् ।