कीवर्डहरू -

सेलपे वालेटमा रकम लोड गर्दा १० प्रतिशत क्यास ब्याक पाइने

सेलपे वालेटमा रकम लोड गर्दा १० प्रतिशत क्यास ब्याक पाइने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अब वालेट मार्फत पनि चलाउन सकिने भएको छ । सेलकमले सेवा विस्तारको क्रममा ग्राहकहरूका लागि दोश्रो चरणको योजना पनि शुरु गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले सेलपे वालेटमा मोबाइल बैंकिङ र कनेक्ट आईपीएबाट पहिलो पटक रकम लोड गर्दा १० प्रतिशत क्यासब्याक (५० रुपैयाँ) सम्म र मोवाइल टप अपमा ४ प्रतिशत क्यासब्याक तुरुन्तै पाउन सक्नेछन् ।

यो योजना यही असार १७ गते देखि लागु हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सुरक्षित सेवा हो ।