कीवर्डहरू -

डिजिटल सेवाहरू एकै ठाउँबाट दिन सिद्धार्थ बैंकले सार्वजनिक गर्‍यो ‘इजी बैंक’

डिजिटल सेवाहरू एकै ठाउँबाट दिन सिद्धार्थ बैंकले सार्वजनिक गर्‍यो ‘इजी बैंक’

सिद्धार्थ बैंक लिमिटेडले इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल बैंकिङको सेवा दिन र सरकारको डिजिटल नेपाल अभियानलाई सघाउन इजी बैंक सार्वजनिक गरिएको हो ।

इजी बैंक प्लेटफर्म बैंकको आधिकारिक वेबसाइटमा गएर सोझै लिङ्क गरी ग्राहकहरुले प्रयोग गर्न सक्नेछन् । यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलन गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहने भएका डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सकिन्छ ।

हाल इजी बैंक प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन तथा आफ्नो सीआरएन नम्बर हेर्न सकिन्छ ।

इजी बैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा अझ बढी लाभदायी रहने विश्वास बैंकको छ ।