कीवर्डहरू -

साइबर सुरक्षामा नेपालको अवस्था सुधार, १५ स्थानमाथि उक्लियो

साइबर सुरक्षामा नेपालको अवस्था सुधार, १५ स्थानमाथि उक्लियो

साइबर सुरक्षाको विषय तेजिलो बनिरहेको बेलामा विश्व बरियतामा भने नेपालको अवस्था सुधार भएको छ । नेपाल दुई वर्षको अवधिमा १५ औं स्थान माथि उक्लिन सफल भएको छ ।

विश्व दूरसञ्चार संघले सार्वजनिक गरेको ग्लोबल साइबर सेक्युरिटी इन्डेक्स २०२० काअनुसार नेपाल १९४ देशमध्ये ९४ स्थानमा उक्लिएको हो ।

यसअघि आइटीयुले सन् २०१८ मा निकालेको उक्त इन्डेक्समा नेपाल १०९ स्थानमा थियो ।

नेपालले सय नम्बरमा ४४.९९ अंक ल्याएको छ । यसमध्ये लिगर मेजरमा १५.६१, टेक्निकल मेजरमा ५.९५, अर्गानाइजेसनल मेजरमा ९.५८, क्यापासिटी डेभलपमेन्टमा ९.६० र कोअपरेटिभ मेजरमा ४.२६ नम्बर प्राप्त गरेको थियो ।

विश्व साइबर सुरक्षाको इन्डेक्समा एक नम्बर स्थानमा अमेरिका रहेको छ । सत प्रतिशत अंक ल्याएको अमेरिकाले भने प्रश्नावलीहरुको उत्तर भने दिएको छैन ।

दोस्रो स्थानमा बेलायत र साउदी अरब, तेस्रो स्थानमा इस्टोनिया चौथोमा दक्षिण कोरिया र सिंगापुर छन् भने पाँचौं नम्बरमा रसिया, दुवै र मलेसिया रहेका छन् ।

इन्डेक्सको अन्तिम तीन देशमा भने क्रमशः माइक्रोनेसिया, भेटिकन र यमन रहेका छन् ।

सन् २०२० मा विश्वका १९४ देशमा गरिएको अध्ययनमा १५० वटा प्रश्नहरु सोधिएको थियो । यस यस अध्ययनमा कानुनी, प्राविधिक, संस्थागत, दक्षता विकास, सहयोगी विधिहरुलाई आधार मानेर अध्ययन गरिएको थियो ।
प्रश्नावली पठाइएका सबै देशहरुले भने यसको उत्तर दिएका थिएनन् ।

\"\"