कीवर्डहरू -

मार्क जुकरबर्ग जस्तै देखिने अपराधि फेला पार्नेलाई कोलम्बियन प्रहरीले ३५ करोड पुरस्कार दिने

मार्क जुकरबर्ग जस्तै देखिने अपराधि फेला पार्नेलाई कोलम्बियन प्रहरीले ३५ करोड पुरस्कार दिने
Photo of Zuckerberg from Reuters/Sketch posted by Colombian National Police on Facebook.

फेसबुकका संस्थापक मार्क जुकरबर्ग जस्तै देखिने एक अपराधि फेला पार्नेलाई कोलमबियन प्रहरीले ३ मिलियन अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।

गत शुक्रबार इभान डुके मार्केज चढेको हेलिकोप्टरमा गोली हान्ने अपराधिलाई पक्राउ गर्न प्रहरीले ३ मिलियन अमेरिकी डलर अर्थात ३५ करोड ८५ लाख बढी नेपाली रूपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । उक्त आक्रमणमा कोही पनि घाइते भएनन् ।

कोलम्बियाको नेसनल प्रहरीले जुन २८ मा संकास्पद अपराधिको २ वटा स्केच पोष्ट गर्दै अपराधि प्रकाउ गर्न सहयोग गर्नेलाई ३ मिलियन अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । २ स्केच मध्ये एउटा स्केच फेसबुकका संस्थापक मार्क जुकरबर्गको अनुहारसँग मिल्छ ।