कीवर्डहरू -

ह्याकरहरुले सुरु गरे अहिलेसम्मको सबैभन्दा ठूलो सप्लाई चेन साइबर आक्रमण

ह्याकरहरुले सुरु गरे अहिलेसम्मको सबैभन्दा ठूलो सप्लाई चेन साइबर आक्रमण

ह्याकरहरुले अहिले सम्मकै सबैभन्दा ठूलो सप्लाई चेन साइबर आक्रमण सञ्चालन गरेका छन् । द फाइनान्सियल टाइम्स र वाल स्ट्रीट जर्नलका रिपोर्ट अनुसार आइटी व्यवस्थापन सफ्टवेयर जायन्ट कासेयाको माथि र्‍यान्समवेयर आक्रमण भएको छ ।

ह्याकले भिएसए रिमोट मेन्टेनेन्स टूलमा असर पारेको पाइएको छ । कम्पनीले शुरुमा ४० जना भन्दा कम ग्राहकलाई यस ह्याकले असर गरेको दावी गरेको थियो तर हन्ट्रेसको अनुसार यसले करिब २०० जना जति व्यवसायलाई असर पारेको छ ।

यसले करिब आठ ओटा क्लाउड सेवाहरुलाई असर पारेको छ जसले गर्दा अझै धेरै फर्महरुमा यो ह्याकले असर पारेको अनुमान लगाइएको छ । कासेयाले सुरक्षा समस्या भेट्याईसकेको र त्यसको समाधानमा काम गरिरहेको बताएको छ ।

त्यही पनि अहिले केही दिनका लागि कम्पनीले ग्राहकहरुलाई भिएसए सर्भर बन्द गर्नका लागि भनेका छन् र अपडेट इन्स्टल नगरेसम्म अफलाइननै राख्न भनेको छ । यो रुसको रेभिल ग्रुपले गरेको आक्रमण हो भन्ने आशंका गरिएको छ तर यो निश्चित रुपमा प्रमाणित भएको छैन् ।