कीवर्डहरू -

सजिलै यसरी गर्नुहोस् जीमेल अकाउन्ट डिलिट

गूगल, युट्युब वा अरु सम्बन्धित अकाउन्ट कायम राखेर जीमेल अकाउन्ट मात्रै डिलिट

सजिलै यसरी गर्नुहोस् जीमेल अकाउन्ट डिलिट

तपाईहरु धेरैले गूगलको जीमेल सेवा प्रयोग गर्नुहुन्छ होला । कहिले स्पेसका लागि नयाँ आईडी बनाउनु परेर होस् वा अरु कुनै कारणले हामीलाई जिमेल अकाउन्ट डिलिट गर्नुपर्ने हुन सक्छ ।

अर्को गज्जबको कुरा के छ भने तपाईले गूगल, युट्युब वा अरु सम्बन्धित अकाउन्ट कायम राखेर जीमेल अकाउन्ट मात्रै डिलिट गर्न सक्नुहुन्छ ।

आज हामी तपाईलाई गूगल, युट्युब वा अरु सम्बन्धित अकाउन्ट कायम राखेर जीमेल अकाउन्ट कसरी डिलिट गर्ने बारे जानकारी दिदैछौं ।

यसरी गर्नुहोस् डिलिट

जीमले अकाउन्ट डिलिट गर्न सर्वप्रथम गूगल अकाउन्ट सेटिङ मा जानुहोस् । त्यसपछि डेटा एण्ड पर्सनलाइजेसन अप्सन सेलेक्ट गर्नुहोस् ।

सेलेक्ट गरेपछि स्क्रोल डाउन गर्दै तल जानुहोस् र त्यहाँ तपाईले डिलिट अ सर्भिस ओर योर अकाउन्ट अप्सन देख्नुहुनेछ । त्यसपछि डिलिट अ सर्भिस ओर योर अकाउन्ट अप्सनमा क्लिक गर्नुहोस् । क्लिक गरेपछि डिलिट अ सर्भिस अप्सन देखिने छ र त्यसमा थिच्नुहोस् ।

नोटः सम्पूर्ण गूगल अकाउन्ट र त्यससँग सम्बन्धि डेटा डिलिट गर्न डिलिट अ गूगल अकाउन्ट छनोट गर्न सकिने छ ।

यति गरेपछि त्यहाँ तपाईले आफ्नो जिमेल अकाउन्टमा साइन इन गर्नुपर्छ । त्यसपछि तपाईले कुन सर्भिस डिलिट गर्नुपर्ने त्यो सर्भिस छनोट गर्नुहोस् ।

यदी जीमेल डिलिट गर्नुपर्ने हो भने जीमेल लेखेको अप्सनसँगै छेउमा रहेको ट्रासक्यान आईकनमा थिच्नुहोस् ।

नोटः त्यहाँ तपाईले डिलिट गर्न लागेको अकाउन्टको डेटा समेत डाउनलोड गर्न सक्नुहुन्छ ।

गूगलका अन्य सेवा प्रयोग गर्न डिलिट गर्न लागेको अकाउन्ट भन्दा बाहेकको कुनै ईमेल एड्रेसलाई इन्टर अ इमेल एड्रेस को ठाउँमा हाल्नुहोस् । त्यसपछि सेण्ड भेरिफिकेसन ईमेल अप्सनमा क्लिक गर्नुहोस् ।

यसपछि गूगलबाट आएको सेक्युरिटी अलर्ट फोर योर लिकंड गूगल अकाउन्ट वा जिमेल डिलिसन कन्फर्मेसन भन्ने ईमेल खोल्नुहोस् र मेसेजमा दिइएको डिलिसन लिकंलाई फ्लो गर्नुहोस् ।

फेरि सिस्टमले मागेमा डिलिट गर्न लागेको अकाउन्ट एक पटक फेरि लग इन गर्नुहोस् । त्यसपछि स्वीकृति दिनलाई नोटिफिकेसन आउँछ र त्यसमा एस सेलेक्ट गरेर डिलिट जिमेल भन्ने अप्सनमा क्लिक गरेर डनमा क्लिक गर्नुहोस् ।

डिलिट गरिएको जिमेल अकाउन्टको ईमेल चाहिँ के हुन्छ त ?

सबै इमेलहरु सधैँभरिका लागि डिलिट हुने गर्दछन् । तपाईले त्यसको कपि गूगल टेकआउट वा अरु कुनै ईमेल प्रोग्राम प्रयोग गरेर डाउनलोड गर्न सक्नुहुनेछ ।

डिलिट गरिएको ईमेल एड्रेसमा कसैले ईमेल पठाएमा के गर्ने ?

तपाईको पुरानो ईमेल एड्रेसमा कसैले ईमेल पठाएमा त्यो प्रयोगकर्ताले डेलिभरी फेलयोर भन्ने मेसेज पाउँछन् । त्यही भएर अकाउन्ट डिलिट भएपछि आफ्नो कन्ट्याक्टलाई नयाँ जिमेल एड्रेसको जानकारी गराउनुपर्छ ।