कीवर्डहरू -

नागरिक एपबाट अब सवारीसाधन नवीकरण गर्न सकिने

नागरिक एपबाट अब सवारीसाधन नवीकरण गर्न सकिने

नागरिक एपबाट अब सवारीसाधन नवीकरण गर्न सकिने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना प्रकाशित गर्दै नागरिक एपबाट सवारीसाधनको विवरण अद्यावधिक गर्न सकिने जनाएको छ ।

विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा भुक्तानी नियमावली, २०७८ को नियम ५ र ७ अनुसार बागमती प्रदेश यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमा दर्ता भएका वा नवीकरण गरिएका सवारी साधनहरूको विवरण अद्यावधिक गर्ने कार्य सुरु भइरहेको उक्त सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयले सवारीसाधनको विवरण उद्यावधिक गर्न २ वटा विकल्प दिएको छ । जसमा मन्त्रालयको यातायात व्यवस्था सूचना प्राणालीको वेब पोर्टल मा गएर आफ्नो मोबाइल नम्बर भेरिफाइ गरी सवारीसाधन सम्बन्धी विवरण प्रविष्ट गर्न सकिने छ ।

साथै नागरिक एपमा रहेको ‘सवारी कर’ पोर्टलमा गएर पनि आफ्नो सवारीसाधन सम्बन्धी विवरण अद्यावधिक गर्न सकिने छ । यो सेवाका लागि नागरिक एपमा नयाँ अपडेट आउँदै छ ।

हेर्नुहोस् सूचना

\"\"