कीवर्डहरू -

गूगल डक्स प्रयोग गरेर पीडीएफ फाइल कसरी एडिट गर्ने ?

गूगल डक्स प्रयोग गरेर पीडीएफ फाइल कसरी एडिट गर्ने ?

तपाई हामी सबैले पीडीएफ फाइल प्रयोग गरिरहेका हुन्छौं । कुनै बेला हामीलाई पीडीएफ फाइल एडिट गर्नुपर्ने हुन्छ ।

तर धेरैलाई पीडीएफ कसरी एडिट गर्ने बारे थाहा हुँदैन् । यही समस्यालाई मध्यनजर गर्दै आज हामीले गूगल डक्ट प्रयोग गरेर पिडिएफ फाइल एडिट गर्ने तरिकाको बारे जानकारी दिदैछौं ।

यसरी गर्नुहोस् एडिट

१. सर्वप्रथम गूगल ड्राइभ खोलेर अपलोड आईकनमा गएर गूगल डक्स भन्ने अप्सनमा जानुपर्छ । त्यसपछि पिडिएफ फाइल अपलोड गर्नुपर्छ ।

२. यसपछि गूगल डक्समा अपलोड गरेको पिडिएफ फाइललाई खोल्नुपर्छ ।

३. अब गूगल डक्समा गएर पिडिएफ फाइल एडिट गर्न सकिन्छ ।

४. एडिट गरिसकेपछि पुनः पिडिएफमै सेभ गर्न सकिन्छ ।

नोटः यो प्रक्रियामा केही कुरा याद गर्नुपर्छ । यो प्रक्रियाले सबै पिडिएफ फाइलहरु गूगल डक्समा नखुल्न सक्छन् र एडिट गर्दा फाइलको फर्म्याट र फोटोको फर्म्याट बिग्रिन सक्छ ।