कीवर्डहरू -

एन्ड्रोइड स्मार्टफोनबाट आइफोनमा डेटा ट्रान्सफर कसरी गर्ने ? 

एन्ड्रोइड स्मार्टफोनबाट आइफोनमा डेटा ट्रान्सफर कसरी गर्ने ? 

आजभोलि स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भएको छ । बजारमा एन्ड्रोइड र आईओएस अपरेटिङ सिस्टमबाट सञ्चालित मोबाइल उपलब्ध छन् । जसमा धेरैले एन्ड्रोइड फोन प्रयोग गर्ने गर्छन् ।

तर कतिपय प्रयोगकर्ता केही समय एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्छन् र त्यसपछि आईफोन चलाउन थाल्छन् ।आइफोन चलाउन थालेपछि सबै डेटाको के हुन्छ भन्ने चिन्ता सबै प्रयोगकर्तालाई लाग्ने गर्दछ ।

यही समस्यालाई समाधान गर्न आज हामी एन्ड्रोइड स्मार्टफोनबाट आइफोनमा कसरी डेटा ट्रान्सफर गर्ने भन्ने बारे जानकारी दिदैछौं । यसका लागि शुरूमा तपाईको एन्ड्रोइड डिभाइस अन गर्नुपर्छ ।

तपाइले आफ्नो एन्ड्रोइड डिभाइसको सबै जानकारी आईफोनमा अटाउँछ भनेर सुनिश्चित गर्नुपर्छ । एन्ड्रोइड स्मार्टफोन र आइफोन प्लग इन गरिएको हुनुपर्छ ।

डेटा कसरी ट्रान्सफर गर्ने ?

नयाँ आईफोन सेट अप गर्दा ट्रान्सफर डेटा फ्रम योर ओल्ड फोन भन्ने अप्सन आउने गर्दछ । त्यसमा एप एण्ड डेटा स्क्रीन अप्सनमा गएर मुभ डेटा फ्रम एन्ड्रोइड अप्सनमा थिच्नुपर्छ । त्यसपछि आईओएस एपमा गएर एन्ड्रोइड डिभाइस र कन्टिन्यू भन्ने अप्सनमा थिच्नुपर्छ ।

कन्टिन्यू गरेपछि १० वा ६ डिजिटको कोड आइफोनमा आउँछ र फेरि कन्टिन्यूमा थिच्नुपर्छ । त्यो कोड एन्ड्रोइड डिभाइसमा हालेर ट्रान्सफर डेटा स्क्रीन आउनलाई पर्खिनुपर्छ ।

त्यसपछि के के ट्रान्सफर गर्ने हो भनेर सेलेक्ट गर्नुपर्छ र कन्टिन्यूमा थिच्नुपर्छ । आईफोनमा लोड भईसकेपछि एन्ड्रोइड स्मार्टफोनमा डन थिच्नुपर्छ । आइफोनमा कन्टिन्यू थिचेर त्यहाँ लेखिएको निर्देशनलाई मान्दै डिभाइस सेट अप गर्नुपर्छ ।