कीवर्डहरू -

नागरिक एपबाट अब सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने

नागरिक एपबाट अब सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने

नागरिक एपबाट अब सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने छ । कर तिर्न तथा नवीकरण गर्नका लागि नागरिक एपमा ‘सवारी कर’ अप्सन थपिएको छ ।

नागरिक एपलाई अपडेट गरेर ‘सवारी कर’ अप्सन पाउने सकिने छ । पहिलो चरणमा बागमती प्रदेश (बागमती र नारायणी अञ्चल) का सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने छ । त्यसपछि क्रमश अरू प्रदेश पनि थप्दै जाने नागरिक एपको योजना रहेको छ ।

नागरिक एपको सवारी कर अप्सनमा गएर आफ्नो सवारीसाधन सम्बन्धी विवरण अद्यावधिक गर्न सकिने बागमती प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।