कीवर्डहरू -

एमडबली मोबाइल एपबाट अब रेमिट्यान्स पनि पाउन सकिने

एमडबली मोबाइल एपबाट अब रेमिट्यान्स पनि पाउन सकिने

एमडबली मोबाइल एप मार्फत अब विदेशबाट पठाएको रकम पाउन सकिने भएको छ । इन्फोडेभलपर्सले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा एमडबलीबाट रेमिट्यान्स प्राप्त सकिने सुविधा थप गरेको हो ।

एमडबलीबाट घरमै बसी देशभर पैसा पठाउन र पाउन पनि सकिन्छ । इसेवा रेमिट्यान्ससँग सहकार्य गरेर इन्फोडेभलपर्सले रेमिट्यान्स सेवा शुरू गरेको हो ।

नेपालका अन्य रेमिट्यान्स सेवा प्रदायकसँग पनि सहकार्य गर्ने इन्फोडेभलपर्सले जनाएको छ । इन्फोडेभलर्पसले विकास गरेको एमडबली मोबाइल एपबाट सहकारी र लघुवित्तका सदस्यहरुले आफ्नो खाताको रकम नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै ट्रान्सफर गर्न सक्छन ।

त्यस्तै सदस्यहरुले घरमै बसेर यो सेवाबाट आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न,  ऋणको जानकारी लिन र तिर्न, तथा फोन, इन्टरनेट, टिभि रिचार्ज गर्न पनि सक्छन ।

साथै बिजुली तथा खानेपानीको बिल तिर्न, हवाई टिकट काट्न, क्युआर भुक्तानी (फोन पे) गर्न, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न आदि कार्य पनि घरबाटै गर्न सक्छन।

देशका अग्रणी भुक्तानी सेवा प्रदायकहरु इसेवा, खल्ती, आईएमई पे, प्रभु पेसँगको सहकार्यबाट एमडबली मोबाईल बैंकिङ प्लेटर्फम मार्फत सहकारी तथा लघुवित्त संस्थाहरुलाई डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।