कीवर्डहरू -

नेपालमा रियलमी ७ र सी १२ को मूल्य घट्यो

नेपालमा रियलमी ७ र सी १२ को मूल्य घट्यो

नेपाली बजारमा रियलमी ७ र सी १२ को मूल्य घटेको छ । संसारमा तीव्र गतिमा बजार विस्तार गरिरहेको रियलमीले आजदेखि नेपालमा रियलमी ७ र सी १२ दुईवटा ब्राण्डको मूल्य घटाएको हो ।

रियलमी सी १२ ६००० एमएच ब्याट्रीसहित उपलब्ध छ । यसले एकपटकको चार्जमा ६० घण्टाभन्दा बढी निरन्तरको स्पाटिफाई प्लेब्याक, २८ घण्टासम्म निरन्तर युट्युब र स्ट्यान्डबाइ ५७ दिनसम्म रहने कम्पनीले जनाएको छ ।

रियलमी सी १२ मिनी ड्रप डिजाईन समाहित अल्ट्रा लार्ज ६.५ इन्च एलसीडी स्क्रिनमा छ जसले गर्दा फोटो तथा भिडियोको  बेग्लै अनुभूति प्रदान गर्दछ ।

हेलियो जी ३५ एट कोर प्रोसेसर राखिएको छ । पछाडि तीन क्यामेरा भएकाले जुनै पनि बखतमा फोटो खिच्न सकिन्छ ।

रियलमी ७ उत्कृष्ट सोनी ६४ एमपी वाईद् एंगलको क्वाड क्यामेरा सहित उपलब्ध छ । रियलमी ७ मा ६५ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ ।

यसमा ५००० एमएएच ब्याट्री रहेको छ । यसको अझ राम्रो विशेषता के हो भने ३० वाट डर्ट चार्जिङले २६ मिनेटमा ५० प्रतिशत चार्जिङ गर्न सक्छ । यसमा हेलियो जी ९५ गेमिङ प्रोसेसर राखिएको छ ।

मूल्य घटेपछि अब रियलमी ७ को मूल्य ३२ हजार ९९० रूपैयाँ निर्धारण गरिएको छ जसमा ८ जीबी आरएएम र १२८ जीबी स्टोरेज छ ।

यसैगरी रियलमी सी १२ अब १४ हजार ९९० रूपैयाँ  पाइनेछ भने यसमा ३ जीबी आरएएम तथा ३२ जीबी स्टोरेज रहेको छ । रियलमी नेपालका १ सय भन्दा बढी आउटलेटमा उपलब्ध छ ।