कीवर्डहरू -

ब्रिटिश अर्बपति रिचार्ड ब्रान्सन आज अन्तरिक्ष यात्रामा जाँदै

ब्रिटिश अर्बपति रिचार्ड ब्रान्सन आज अन्तरिक्ष यात्रामा जाँदै

ब्रिटीश अर्बपति रिचार्ड ब्रान्सन आज अन्तरिक्ष यात्रामा जाने भएका छन् । ब्रान्सनका कम्पनी भर्जिन ग्यालाक्टीकका अनुसार उनी स्पेसशीप टू युनिटीमा बसेर मिशन विशेषज्ञको रुपमा जुलाई ११ अर्थात आज अन्तरिक्ष यात्रामा जाने भएका हुन् ।

उनी आज नेपाली समय अनुसार साझ ६:४५ मा अन्तरिक्षको तर्फ प्रस्थान गर्नेछन् र यो साढे एक घण्टाको मिसन हुनेछ ।उनले अन्तरिक्ष उडान को सपना सन् २००४ देखिनै देख्दै आएका छन् ।

यो अन्तरिक्ष समूहको टोलीमा भारतकी सिरिसा बान्देला एयरोनटिकल इन्जिनियरको रूपमा सहभागी छिन् । उनको कम्पनीले पर्यटकहरुलाई सब अर्बिटल स्पेससम्मको छोटो उडानमा लैजाने गर्दछ ।

ब्रान्सनले अन्तरिक्ष यात्रीको अनुभव लिनेछन् र भर्जिन ग्यालाक्टीकका भविष्यमा अन्तरिक्ष जाने अन्तरिक्ष यात्री सरहनै प्रशिक्षण, तयारी र उडान गर्ने छन् ।

कम्पनीले उनकै अनुभव र मूल्याकंनलाई प्रयोग गरेर भविष्यका अन्तरिक्ष यात्री ग्राहकको अनुभव अझै राम्रो बनाउन प्रयास गर्नेछ ।

भर्जिन ग्यालाक्टीकको स्पेसक्राफ्ट एक क्लासिक रकेट भन्दा पनि एयरप्लेन हो जुन एकदमै उचाईसम्म पुगेर सानो भिएसएस युनिटी नामक स्पेसक्राफ्ट मुक्त गर्ने गर्दछ ।

अन्तरिक्षको ९०–१०० किलोमिटरसम्म यो यात्राको उडान हुने निर्धारण गरिएको छ । यसको प्रत्यक्ष प्रसारण फेसबुक र ट्वीटरमा गरिने छ । यो उडान पछि पनि दुई ओटा अझै परिक्षण गरिनेछ र सन् २०२२ देखि व्यवसायिक उडान सुरु गर्ने कम्पनीको योजना रहेको छ ।

अन्तरिक्ष यात्रा गराउने अर्को कम्पनी एलन मस्कले पनि रिर्चडलाई यो अन्तरिक्ष यात्राका लागि शुभकामना दिएका छन् । जेफ बेजोस पनि आफ्नो ब्लु ओरिजिनको नयाँ सेपहर्डमा जुलाई २० मा अन्तरिक्ष जाँदै छन् ।