कीवर्डहरू -

नेपाल टेलिकमको सर्भर ह्याक

नेपाल टेलिकमको सर्भर ह्याक

नेपाल टेलिकमको सर्भर ह्याक भएको छ । सर्भर ह्याक भएको जानकारी पाएपछि टेलिकमले उक्त सर्भर सटडाउन गरेको छ ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले टेलिकमको सर्भर ह्याक भएको आज दिउँसो मात्रै थाहा पाएको बताए ।

‘ह्याक भएको सुनेपछि हामीले शंकाको भरमा एउटा सर्भर सटडाउन गरेका छौं,’ जोशीले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘त्यो सर्भर अहिले खासै त्यति प्रयोग नभएको भएर सटडाउन गर्न सजिलो भयो ।’

उक्त ह्याकबाट डेटा नै चोरी भएको हो की होइन छानबिन गर्नुपर्ने उनले बताए । छानबीन प्रक्रिया प्रारम्भ भएको जोशीले बताए ।  अहिलेसम्म त्यस्तो कुनै असर नदेखिएको उनले जानकारी दिए ।