कीवर्डहरू -

ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा डेटा खपत कसरी कम गर्ने ?

ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा डेटा खपत कसरी कम गर्ने ?

अहिले महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाएको छ । एक अर्कासँग सम्पर्क राख्न हामी प्रविधिकै प्रयोग गर्ने गर्दछौँ ।

मानिसहरुले एक अर्कासँग कुरा गर्न ह्वाट्सएपको पनि धेरै प्रयोग गर्ने गरेका छन् । नेपालमा समेत ह्वाट्सएपको प्रयोग एकदमै बढी हुने गरेको छ  ।

आज यही कुरालाई मध्यनजर गर्दै हामी ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा डेटा खपतलाई कसरी कम गर्ने बारे जानकारी दिदैछौं ।

यसका लागि तपाईको ह्वाट्सएप पछिल्लो भर्सनमा अपडेट भएको हुनुपर्छ ।  डेटा खपत कम गर्न शुरूमा आफ्नो स्मार्टफोनमा ह्वाट्सएप खोल्नुपर्छ । त्यसपछि माथिल्लो बायाँ भागमा रहेको तीन ओटा थोप्लामा थिचेर सेटिङ्गमा थिच्नुपर्छ ।

यति गरेर स्टोरेज एण्ड डेटा अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ युज लेस डेटा फर कल्स भन्ने अपसनमा गएर टगल अन गर्नुपर्छ जसले गर्दा भिडियो वा भ्वाइस कल गर्दा डेटा खपत कम हुने गर्दछ ।