कीवर्डहरू -

कलर ओएसका प्रयोगकर्ताले अब अमेजन क्लाउडमा स्टोरेज सुविधा पाउने

कलर ओएसका प्रयोगकर्ताले अब अमेजन क्लाउडमा स्टोरेज सुविधा पाउने

ओपोले आफ्नो कलर ओएस सञ्चालन प्रणालीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रयोगकर्तालाई पावर ईन्ह्यान्स्ड क्लाउडमा आधारित सेवा प्रदान गर्न अमेजन वेभ सर्भिसेज (एडब्ल्यूएस) छनोट गरेको घोषणा गरेको छ ।

यी सेवाहरुलाई ईप्राइभेसी, सीएसए स्टार र आईएसओ ( आईएसओ /आईईसी २७००१, २७०१८, २९१५१) मार्फत प्रमाणित गरिएको छ ।

एडब्ल्यूएस मार्फत ओपोले आफ्ना प्रयोगकर्तालाई आफ्ना तस्विर, भिडियोज्, कन्ट्याक्ट्स, नोट्स लगायत आवश्यक डाटाहरु क्लाउडमा सहजै सञ्चय गर्न सुरक्षित डाटा स्टोरेज सेवा उपलब्ध गराउने छ ।

यसका लागि ओपोले सिंगापुर, फ्रान्स र भारतमा रहेका एडब्ल्यूएसका ग्लोबल पूर्वाधारको प्रयोग गरी एमेजन अउरोरा र एमेजन सिम्पल स्टोरेज सर्भिस (एमेजन एसथ्री) लगायत क्लाउडमा आधारित सेवाहरु प्रदान गर्नेछ ।

ओपो ईन्टरनेशनल ईन्टरनेट विजनेसका प्रबन्ध निर्देशक डेभिड कुले भने, ‘प्रयोगकर्तालाई सर्वोत्कृष्ट प्रयोग अनुभव प्रदान गर्न एडब्लुएसँग सहकार्य गरेका हौं । उपभोक्ताको सुरक्षित र सहज अनुभवलाई प्राथमिकतामा राख्दै एडब्ल्यूएसको क्लाउडले कलरओस सञ्चालन प्रणालीमा डाटा गोपनियता र सुरक्षामा थप सटिकता प्रदान गर्न सघाएको छ ।’

एण्ड्रोइड ११ मा आधारित कलरओएस ११ मा ओपोको प्राइभेट सिष्टम, प्राइभेट सेफ र पर्सनल ईन्फरमेशन प्रोटेक्शन लगायत फिचर्स छन् । प्राइभेट सिष्टमले प्रयोगकर्तालाई एप तथा डाटा स्वतन्त्ररुपमा चल्नका लागि छुट्टै सिष्टम एकाउन्ट बनाएर सुरक्षा प्रदान गर्छ ।

प्राइभेट सेफ मार्फत प्रयोगकर्ताले आफ्ना महत्वपूर्ण डाटा पासवर्ड मार्फत एन्क्रिप्टेड स्पेसमा गोप्य राख्न सघाउँछ । यसले मिडियाका लागि एक्सेस माग्ने एप्सलाई ब्ल्यांक डाटा प्रेशित गरी आफ्ना ब्यक्तिगत सुचना नदिकनै एक्सेस पाउने सहुलियत उपलब्ध गराउने जनाइएको छ ।

‘हाम्रा विश्वभरका प्रयोगकर्तालाई एडब्ल्यूएस मार्फत सुदृढ मोबाइल अनुभव प्रदान गर्न पाउँदा हामी प्रफुल्लित छौँ’, डेभिडले थपे, ‘भविष्यमा पनि ओपोले एडब्ल्यूएसका साथमा आफ्नो सेवामा थप बढोत्तरीका लागि तथा प्रयोगकर्तालाई सुरक्षा चासो रहित प्रविधिको अनुभव प्रदान गर्न निरन्तर प्रयास जारी राख्नेछ ।’