कीवर्डहरू -

अन्तरिक्षमा जान भर्जिन ग्यालाक्टिकमा एलन मस्कले बुक गरे टिकेट 

अन्तरिक्षमा जान भर्जिन ग्यालाक्टिकमा एलन मस्कले बुक गरे टिकेट 

टेस्लाका सीईओ एलन मस्कले अन्तरिक्षमा जान रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकमा टिकेट बुक गरेका छन् । मस्क कहिले जान्छन भन्ने बारे कम्पनीले केही पनि खुलाएको छैन् ।

दुवैले अन्तरिक्ष पर्यटनमै काम गरिरहँदा पनि ब्रान्सन र मस्क प्रतिस्पर्धीभन्दा पनि एकअर्काको साथी रहेको पनि खुलाएका छन् । सण्डे टाइम्ससँगको अन्तर्वातामा ब्रान्सनले आफू पनि कुनै दिन स्पेसएक्स सीपमा उडान भर्ने बताएका छन् ।

केही दिन अघि मात्रै रिचार्ड ब्रान्सनले आफ्नो पहिलो अन्तरिक्ष यात्रा सफलता पूर्वक सम्पन्न गरेका थिए । ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिक स्पेसशीप मार्फत उनी आईतबार अन्तरिक्ष यात्रामा गएका थिए । स्पेसशीप टू युनिटीमा बसेर रिचार्ड ब्रान्सन मिशन विशेषज्ञको रुपमा अन्तरिक्षमा गएका थिए ।

मस्क र ब्रान्सनको राम्रो सम्बन्ध भएता पनि यो कुरा जेफ बेजोससँग देखिदैन । बेजोसको ब्लु ओरिजिनले भर्जिन ग्यालाक्टिक अन्तरिक्ष सम्म नपुगेको दावी गरिरहेको छ ।

भर्जिन ग्यालाक्टिकले ५३.४ माइल उचाई सम्म पुगेको थियो तर कार्मान लाइन (अन्तरिक्षको सिमा) भने ६२ माइलमा रहेको ब्लु ओरिजिनले बताएको छ । सन् २०२२ देखि भर्जिन ग्यालाक्टिकले व्यवसायिक उडान सुरु गर्ने कम्पनीको योजना रहेको छ ।