कीवर्डहरू -

डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने भोली अन्तिम दिन, यसरी पठाउनुहोस् परिकल्पना 

डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने भोली अन्तिम दिन, यसरी पठाउनुहोस् परिकल्पना 

डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने भोली अन्तिम दिन रहेको छ । माइ सेकेण्ड टिचरसँगको सहकार्यमा लिभिङ विथ आइसिटीले आयोजना गरेको मेरो डिजिटल नेपाल, मेरो परिकल्पना विषयमा आफ्नो परिकल्पना पठाउने भोली अर्थात असार ३१ गतेराति १२ बजे सम्म पठाउन सकिने छ ।

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थी वा १९ वर्ष पुरा नभएका व्यक्तिले सहभागी हुन सक्ने छन् ।

विद्यार्थीहरुले डिजिटल नेपालको बारेमा निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो एनिमेशन पठाउन सक्नेछन । उत्कृष्ट ७ ले २५ हजारदेखि १ लाख रूपैयाँसम्मको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा नेपाल सरकारले सन् २०१९ मा जारी गरेको डिजिटल नेपाल फ्रेमवर्कमा आधारित रहेर डिजिटल नेपालको कल्पना पठाउन सकिने छ ।

इच्छुक विद्यार्थीले यहाँ क्लिक गरी आफ्नो निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो एनिमेशन पठाउन सक्नेछन ।

यस कार्यक्रममा माई सेकेण्ड टिचरको मुख्य प्रायोजको रूपमा रहेको छ भने एनआइसी एसिया र्बैंक बैकिङ पार्टनर, प्रभु पे पेमेन्ट पार्टनर, एसीसीए नलेज पार्टनर र फ्युज मेशिन्स प्रविधि पार्टनरको रूपमा रहेका छन ।

त्यस्तै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, क्यान महासंघ, प्याब्सन आदिको सहयोग रहेको छ । उत्कृष्ट विद्यार्थीहरुको रचना तथा सोच आइसिटी समाचार डटकममा समेत प्रकाशित हुनेछ ।

यो पनि पढ्नुहोस्: डिजिटल नेपालको परिकल्पना गरेर १ लाख रकम जित्ने अवसर ! कसरी हुने सहभागी ?