कीवर्डहरू -

कन्टेन्ट क्रियटरलाई सन् २०२२ देखि एक अर्ब अमेरिकी डलर उपलब्ध गराउँदै फेसबुक

कन्टेन्ट क्रियटरलाई सन् २०२२ देखि एक अर्ब अमेरिकी डलर उपलब्ध गराउँदै फेसबुक

फेसबुकले आगामी वर्ष देखि कन्टेन्ट क्रियटरहरूलाई राम्ररी आम्दानी गर्न दिनका निम्ति एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।

फेसबुकले पहिले पनि समय समयमा कन्टेन्ट क्रियटरहरूलाई पुरस्कृत गर्ने गरेको थियो र अब पनि कम्पनीले कन्टेन्ट क्रियटरमा लगानी गर्ने जनाएको छ ।

फेसबुकका सिईओ मार्क जुकरबर्गले यो रकमलाई कन्टेन्ट क्रियटरका लागि रिवार्ड हो भन्दै आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन् ।

फेसबुकमा कम्पनीका विभिन्न उत्पादनलाई बेग्लै तरिकाले प्रयोग गर्ने क्रियटरहरूलाई यस्तो रकम उपलब्ध गराउने पनि उनले उल्लेख गरिएको छ ।

यसका लागि कम्पनीले सन् २०२२ मा लागु हुने गरी नयाँ प्रोगामहरु बनाइरहेको जुकरबर्गले बताएका छन् । भर्खरै कन्टेन्ट सेयर गरेर दर्शक बनाउँदै गरेको क्रियटरहरुलाई पनि फेसबुकले रकम दिने बताएको छ ।

फेसबुकले इन्स्टाग्राम र फेसबुकमा बोनस सेक्सन भन्ने राख्नेछ जसले कसले र कसरी निवेदन भर्न सक्छन् भनेर मार्गदर्शन गरिएको हुन्छ ।

फेसबुकले क्रियटरको भिडियोमा विज्ञापन राख्दा वा लाइभ स्ट्रिमिङमा निश्चित लक्ष्य पुरा गरेमा क्रियटरहरुले यस किसिमको रिवार्ड पाउनेछन् । यो नयाँ अवसर फेसबुकका साथै इन्स्टाग्राम तथा आईजी टिभी र रिल्समा पनि उपलब्ध हुनेछ ।

फेसबुकले यस किसिमको रकम हाल इन्भिटेसनका आधारमा मात्र उपलब्ध गराउँदै आएको छ । हालै मा टिकटक र स्न्यापच्याट जस्ता एपले पनि क्रियटरलाई रकम उपलब्ध गराउने बताएका छन् । यो रकमले गर्दा क्रियटरहरुले युट्युब, सब्स्ट्याक, ट्वीच र टिकटक जस्ता कन्टेन्ट वाला एपहरुबाट क्रियटरलाई यता ध्यान आकर्षण गराउने फेसबुकले अपेक्षा गरको छ ।

कुनै एउटा उत्पादनमा केन्द्रित हुनेभन्दा पनि कम्पनीले विभिन्न प्रकारका गतिविधि र लक्ष्य पुरा गरेको आधारमा यस किसिमको रकम बोनस स्वरुप उपलब्ध गराउनेछ ।

कम्पनीले सन् २०२२ देखि क्रियटरहरुको आम्दानी पनि नलिने बताएको छ । यसरी क्रियटरहरुले अझै पैसा कमाउन पाउने र कन्टेन्ट सेयर गर्न पाउने एपको विश्वास छ ।