कीवर्डहरू -

स्टार्टअप व्यवसायका लागि उद्योग संगठन मोरङले माग्यो आवेदन, कसले दिन पाउँछन् ?

स्टार्टअप व्यवसायका लागि उद्योग संगठन मोरङले माग्यो आवेदन, कसले दिन पाउँछन् ?

उद्योग संगठन मोरङले स्टार्टअप व्यवसायका लागि आवेदन आह्वान गरेको छ । उद्योग संगठन मोरङले नवीन व्यवसायीक सोच, आइडिया भएका प्रतिभागहरुलाई व्यवसायीक उद्यमशीलता रूपान्तरणमा सहयोग गर्न आवेदन आह्वान गरेको हो ।

स्टार्टअप तथा इन्नोभेसन कार्यक्रम मार्फत व्यवसायीक तथा प्राविधिक परामर्श, कोचिङ तथा मेन्टरशीप, प्रशासनिक तथा कानूनी परामर्श, प्रयोगशाला परीक्षण तथा अनुसन्धान लगानी तथा कर्जामा सहजीकरण सम्बन्धि परामर्श सेवा प्राप्त गर्न इच्छुकले आवेदन दिन सक्ने छन् । आवेदन आगामी साउन ३२ गतेसम्म दिन सकिने छ ।

यसमा प्रदेश नम्बर १ भित्रको नागरिक, आर्थिक एवं व्यवसायीक सम्भावना भएको नवीन विचार वा अवधारणा भएको वा स्तरोन्नतीको सम्भावना भएको शुरूवाती अवस्थामा दर्ता भई बढीमा २ वर्ष अवधिदेखि सञ्चालनमा रहेका व्यवसायहरुले आवेदन दिन सक्ने छन् ।

साथै स्थानीय कच्चा पदार्थमा आधारित भएको र कृषि तथा कृषिजन्य व्यवसायको श्रृंखलाभित्र विशेष ग्राह्यता दिइने जनाइएको छ ।

आवेदनका साथ तोकिएको आवेदन फाराम, तोकिएको ढाँचामा स्टार्टअप व्यवसायीक योजना र अबधारणा पत्र, नेपाली नागरिकको प्रमाण वा जम्मदर्ताको प्रमाणपत्र, विद्यार्थीको विद्यार्थी परिचयपत्र, व्यवसायीको हकमा व्यवसाय दर्ता र करदाता प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

आवेदन फारम, व्यवसायीक, योजनाको नमुना डाउनलोड गर्न, थप जानकारी लिन र आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।
\"\"