कीवर्डहरू -

डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने समय सकियो, छनोट प्रक्रिया शुरू

डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने समय सकियो, छनोट प्रक्रिया शुरू

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना विषयमा आफ्नो परिकल्पना पठाउने समय सकिएको छ । बिहीबार राति १२ बजेदेखि डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने समय सकिएको हो ।

गत असार १ गतेदेखि असार ३१ गतेसम्म निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो एनिमेशन मार्फत आफ्नो परिकल्पना पठाउने समय सीमा तोकिएको थियो ।

एक महिनाको अवधिमा ३५० भन्दा बढीको परिकल्पना आएको आयोजकले बताएको छ । शुक्रबारदेखि छनोट प्रक्रिया शुरू भएको छ ।

छनोटका लागि ९ जनाको मूल्यांकन समिति बनाइएको छ । पठाइएको परिकल्पना मध्येबाट उत्कृष्ट ७ परिकल्पनालाई पुरस्कारको व्यवस्था गरिएको छ ।

सर्वोत्कृष्टलाई १ लाख नगद रुपैयाँ पुरस्कार राखिएको छ भने दोश्रो हुने दुई जनालाई जनही ५० हजार र तेस्रो हुने चार जनालाई जनही रू. २५ हजार नगद पुरस्कार दिइनेछ ।

यसबाहेक पनि विजेताले स्पोन्सर कम्पनीहरूबाट आकर्षक केही अफरहरू प्राप्त गर्ने छन् । आगामी भदौ ४ गते पुरस्कार वितरण गरिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट रचना तथा सोच आइसिटी समाचार डटकममा समेत प्रकाशित हुनेछन् ।

लिभिङ विथ आइसिटीले आयोजना गरेको यस कार्यक्रममा माई सेकेण्ड टिचर मुख्य प्रायोजकको रूपमा रहेको छ भने एनआइसी एसिया बैंक बैकिङ पार्टनर, प्रभु पे पेमेन्ट पार्टनर, एसीसीए नलेज पार्टनर र फ्युज मेशिन्स प्रविधि पार्टनरको रूपमा रहेका छन ।

त्यस्तै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, क्यान महासंघ, प्याब्सन आदिको सहयोग रहेको छ ।