कीवर्डहरू -

युवा वैज्ञानिक अवार्डको लागि निश्चल बानियाँ मनोनित 

युवा वैज्ञानिक अवार्डको लागि निश्चल बानियाँ मनोनित 

बाग्मती युनेकस्को क्लबका अध्यक्ष निश्चल बानियाँ युवा वैज्ञानिक अवार्डको लागि मनोनित भएका छन् । यही नोबेम्बर १५ मा बेलायतमा हुन गइरहेको सो अवार्ड कार्यक्रमको लागि युरोपियन साइन्स कन्फरेन्सले बानियाँलाई मनोनित गरेको हो ।

उनले कार्वन क्याप्चर प्रविधिमा पुर्‍याएको योगदानलाई प्रोत्साहन गर्दै कार्यक्रमको आयोजक कमटीले बानियाँलाई मनोनित गरेको हो ।

२२ बर्षिय बानियाँ हाल चीनको जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीबाट केमिकल इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा स्नातक गरिरहेका छन् ।

बायो इन्धन, ‌इन्डस्ट्रियल वेस्ट वाटर ट्रिटमेन्ट, कोभिड-१९ लगायत टिस्यु इन्जिनियरिङ उनको अध्ययन अनुसन्धानका विषयहरू हुन् ।

यससँगै उनी हाल जेजियाङ विश्वविद्यालयको ल्याबोरेटरी अफ अर्गानिक केमिस्ट्रीमा अनुसन्धान सहायकको रुपमा पनि काम गर्छन् ।

त्यस्तै उनी अमेरिकाको वर्ल्ड एकेडेमी अफ साइटिस्सटले प्रकाशन गर्ने नर्थ अमेरिकन एकेडेमिक रिसर्च जर्नलका सहायक सम्पादक पनि हुन् ।

मिटिङस् इन्टरनेशनल फ्रम सिङ्गापुर २०२० ले पनि बानियाँलाई केमिकल इन्जिनियरिङमा उनले पुर्‍याएको योगदानको लागि युवा वैज्ञानिकको अवार्ड दिइसकेको छ ।