कीवर्डहरू -

दराजको महाबचत बजार शुरू, १ रुपैयाँमा आईफोन १२ जित्ने मौका

यस्ता छन् छूट अफर

दराजको महाबचत बजार शुरू, १ रुपैयाँमा आईफोन १२ जित्ने मौका

ईकमर्स कम्पनी दराजले आइतबारदेखि ‘दराज महाबचत बजार’ अभियान सुरु गरेको छ । कम्पनीले ग्राहकका लागि बचत प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको हो ।

अभियानका मुख्य हाइलाइटमा ४ हजार रूपैयाँसम्मको छुट, बैंक कार्ड वा आईएमई पे मार्फत अनलाइन प्रि-पेमेन्टमा २ हजारसम्मको छुट, १ रूपैयाँमा आईफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभारी, निःशुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ ।

यस अभियानमा नाबिल बैंक, सानिमा बैंक, माछापुच्छे बैंक र एनएमबी बैंकका कार्डबाट प्री-पेमेन्टमा आकर्षक छुटको व्यवस्था रहेको छ ।

यी बैंकका डेबिट कार्ड धारकहरूले १५ प्रतिशत (१५ सय रूपैयाँसम्म) को छुट पाउनेछन् भने क्रेडिट कार्ड धारकहरूले कार्ड प्री-पेमेन्टमा २० प्रतिशत (२ हजार रूपैयाँसम्म) छुट पाउनेछन ।

यो अफर सिमित समयको लागि मात्र उपलब्द रहेको कम्पनीले जनाएको छ। यसैगरी ग्राहकहरु आफ्नो आईएमई पे मार्फत प्री-पेमेन्ट गरेर मूल्य अझै कम गर्न पनि सक्दछन् ।

आईएमई पेमार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरिदहरूमा २० प्रतिशत (१ हजार रूपैयाँसम्म) छुट पाउन सक्नेछन् ।

यसबाहेक पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्री-पेमेन्टी गरेमा १५ प्रतिशत (५०० रूपैयाँ) सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्व-भुक्तानीमा २० प्रतिशत (५०० रूपैयाँ) छुट पाउन सक्नेछन ।

दराज महाबचत बजारमा ‘खेल एक रुपैयाँ’मा भाग लिएर ग्राहकहरुले १ लाख ३३ हजार मूल्यको आईफोन १२ र ५० हजारको श्री बालाजी हिराको झुम्का जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्ने दराजले जनाएको छ ।

खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड वा आफ्नो आईएमई पे  खाता प्रयोग गरि १ रुपैयाँ भुक्तानी गर्न सक्दछन् । यदी जितिएन भने रकम फिर्ता हुने दराजले जनाएको छ ।

दराजका अनुसार दराज महाबचत बजारमा नयाँ सामसङ एफ २२ स्मार्टफोनको लन्च भएको छ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ ।

शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसंग, पानासनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन, र मीमीले  आफ्नो अन्य उत्पादनहरूमा विशेष छूट पाइने दराजले जनाएको छ ।