कीवर्डहरू -

उज्ज्वल थापाको उपचार गरी बाँकी रहेको रकमबाट आविष्कार केन्द्रलाई १५ लाख प्रदान

उज्ज्वल थापाको उपचार गरी बाँकी रहेको रकमबाट आविष्कार केन्द्रलाई १५ लाख प्रदान

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको उपचारमा उठेको रकमबाट राष्ट्रिय आविष्कार केन्द्रलाई १५ लाख रूपैयाँ प्रदान गरिएको छ ।

आईटी उद्यमी समेत रहेका थापाको उपचार गरी बचेको रकमबाट परिवारले राष्ट्रिय आविष्कार केन्द्रलाई शनिबार १५ लाख रूपैयाँ प्रदान गरेको हो ।

उनको उपचार गर्नका लागि संसारभरबाट करिब २,८०० व्यक्तिहरूबाट ६७ लाख ८३ हजार ४ सय ८५ रूपैयाँ संकलन भएको परिवारले बताएको छ ।

त्यसमध्ये २४ लाख २० हजार ३ सय ४९ रूपैयाँ उपचारको लागि खर्च भएको र बैंक तथा रकम स्थानान्तरण गर्नको लागि १ लाख १० हजार ९ सय ३४ रूपैयाँ पैसा खर्च भएको परिवारले बताएको छ ।

उपचार गरी बाँकी रहेको ४२ लाख ५२ हजार २ सय रूपैयाँ आविष्कार केन्द्रसहित सात संस्थालाई बाँडिएको हो । गत जेठ १८ गते थापाको उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो ।