कीवर्डहरू -

कोरोना पे यूरोप र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबारको सम्झौता

कोरोना पे यूरोप र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबारको सम्झौता

साइप्रस्को ख्यातिप्राप्त कोरोना पे यूरोप र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबारको सम्झौता भएको छ ।

साइप्रस, यूके, जर्मनी, डेनमार्क, स्पेन, इटाली तथा फ्रान्समा रहेका नेपालीहरूबाट सहज रुपमा नेपालमा पैसा पठाउन सहज हुने उद्देश्यले उक्त स्थानमा स्थापित कोरोना पे सँग कम्पनीले रेमिटान्स सम्बन्धी सम्झौता गरेको सिटी एक्सप्रेसले जनाएको छ ।

उक्त सम्झौता दुई कम्पनीबीच भएर हाल कार्यान्वयनमा समेत आइसकको कम्पनीले जनाएको छ । कम्पनीले नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टै नै नेपालको  जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने जनाएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र कोरोना पे का तर्फबाट प्रमुख कार्यकारी अधिकृत गेल्ब कोजलोपले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १५ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।