कीवर्डहरू -

इन्स्टाग्राममा एक्सपलोर फिडको अप्सनलाई कसरी रिसेट वा परिवर्तन गर्ने ? 

इन्स्टाग्राममा एक्सपलोर फिडको अप्सनलाई कसरी रिसेट वा परिवर्तन गर्ने ? 

इन्स्टाग्राम अहिले मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ । तर यो सामाजिक सञ्जालमा तपाईले एउटा कन्टेन्ट मनपराउनु भयो भने त्यस्तै खालको कन्टेन्ट आईरहन्छ ।

यसले गर्दा नयाँ खालको कन्टेन्टहरु हेर्न समस्या हुन सक्छ । यसकै लागि तपाईले इन्स्टाग्राममा एक्सपलोर फिडको अप्सनलाई रिसेट वा परिवर्तन गर्नुपर्ने हुन्छ । आज हामी यस बारे जानकारी दिदै छौं । यसका लागि तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।

एक्सपलोर फिड रिसेट गर्नका लागि

सर्वप्रथम आफ्नो स्मार्टफोनमा इन्स्टाग्राम खोल्नुपर्छ । त्यसपछि एपको बायाँ भागमा रहेको प्रोफाइल आईकनमा थिच्नुपर्छ । यति गरेपछि माथिल्लो बायाँ भागमा रहेको तीन ओटा थोप्लामा थिचेर सेटिङ्गमा थिच्नुपर्छ ।

यसपछि सेक्युरिटी अप्सनमा थिचेर क्लियर सर्च हिस्ट्री थिच्नुपर्छ । यति गरेर माथिल्लो बायाँ भागमा रहेको क्ल्यिर अल अप्सनमा क्लिक गर्नुपर्छ ।

एक्सपलोर फिड परिवर्तन गर्नका लागि

पहिले म्याग्नीफाइङ ग्लासमा क्लिक गरेर एक्सपलोर सेक्सन खाल्नुपर्छ । त्यसपछि आफूलाई मन नपर्ने पोस्टमा क्लिक गर्नुपर्छ ।

यति गरेपछि माथिल्लो बायाँ भागमा रहेको तीन ओटा थोप्लामा थिच्नुपर्छ । यसपछि नट इन्ट्रेस्टेड अप्सनमा क्लिक गर्नुपर्छ जसले गर्दा भविष्यमा त्यस्तो पोस्ट तपाईकोमा आउँदैन् ।