कीवर्डहरू -

नेकपा एमालेका नेता प्रभु साहले बनाए ‘आइटी आर्मी’

नेकपा एमालेका नेता प्रभु साहले बनाए ‘आइटी आर्मी’

नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । मंगलबार भक्तपुर लोकन्थलीको एक पार्टी प्यालेसमा आयोजित राष्ट्रिय भेलाले युवा नेता चन्द्र भुषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।

सुचना प्रविधि मार्फ़त नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी निर्माण भएको बताइएको छ । १५१ सदस्य केन्द्रीय कमिटी रहेको यसमा प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय रहने छ ।

आइटी आर्मीको संरचनामा सङ्गठन, प्रशिक्षण, उत्पादन, प्रचार र इन्टिलिजेन्स विभागसमेत रहने बताइएको छ ।
\"\"

\"\"