कीवर्डहरू -

टेस्लाको सुपर चार्जर अब अरू विद्युतीय गाडीका लागि पनि उपलब्ध हुने

टेस्लाको सुपर चार्जर अब अरू विद्युतीय गाडीका लागि पनि उपलब्ध हुने

टेस्लाको सुपर चार्जर अब अरू विद्युतीय गाडीका लागि पनि उपलब्ध हुने भएको छ । टेस्लाका सीईओ एलन मस्कले यो वर्ष देखि आफ्नो सुपर चार्जर अरु विद्युतीय गाडीका लागि पनि खोल्ने बताएका हुन् ।

सुपर चार्जर सन् २०२१ को अन्त्य सम्ममा अरु कम्पनीका लागि पनि उपलब्ध हुने भएको छ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यो कुराको जानकारी आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट सार्वजनिक गरेका थिए ।

मस्कले लामो समयदेख यो कुरा सम्भव पार्नका लागि प्रयास गरिरहेका थिए । सिएनबीसीका अनुसार केही ब्राण्डले गत वर्ष देखिनै टेस्लाको सुपर चार्जरको पहुँच पाईरहेका छन् ।

ईलेक्ट्रेकका अनुसार टेस्लाले नर्वेमा प्रशासनसँग यस सन्दर्भमा कुराकानी सुरु पनि गरिसकेको छ । त्यस्तै जमर्नीको यातायात मन्त्रीले पनि टेस्लासँग यस बारे छलफल गरिरहेको खुलाएको छ ।

ट्वीटमा मस्कले धेरै विस्तृत रुपमा विवरण दिएका छैनन् । तर यो विस्तारै सबै देशका लागि उपलब्ध हुने उनीले बताएका छन् ।