कीवर्डहरू -

गूगलको वेयर ओएसमा अब एप खोज्न र डाउनलोड गर्न सहज हुने 

गूगलको वेयर ओएसमा अब एप खोज्न र डाउनलोड गर्न सहज हुने 

गूगलको वेयर ओएसको नयाँ अपडेटले एप खोज्न र डाउनलोड गर्न सहज बनाएको छ । सामसङसँग सहकार्य गरेदेखि गूगलले एपमा ध्यान दिन थालेको छ ।

सर्वप्रथम गूगलले वेयर ओएसमा युट्युब म्युजिक उपलब्ध गराएको थियो भने अब एप सजिलै खोज्न र डाउनलोड गर्न मिल्ने बनाएको छ ।

प्लेस्टोरको अपडेट स्वरुप अब प्रयोगकर्ताले नयाँ सर्च फिल्टर र क्याटागोरी पेज ल्याएको छ जसले वाच एप र वाच फेस हाईलाइट गर्ने गर्दछ ।

त्यस्तै टाढैबाट सफ्टवेयर र भिजुअल इन्स्टल गर्ने पनि फिचर गूगलले ल्याएको छ । वेयर ओएसमा रहेको प्लेस्टोरले पनि पूर्ण रुपमा नयाँ लुक पाउने छ ।

यसले एप चलाउन अझै सजिलो हुने कम्पनीको भनाइ छ । यी अपडेटहरु आउँदो हप्ताहरुमा एन्ड्रोइड र वेयर ओएस भर्सन २.एक्स र त्योभन्दा माथिको भर्सनमा आउनेछ ।