कीवर्डहरू -

आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक

आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक

प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रुपमा परिचित ‘आइसिटी अवार्ड’ को ११ संस्करणको छनौट प्रक्रिया जारि छ । २०८३ साउनदेखि खुल्ला भएको अवार्डको नोमिनेसन प्रक्रिया मार्फत विभिन्न १६ विधामा ७०० बढीको अनलाइन आवेदन प्राप्त भएको छ । यसैक्रममा ‘क्याटेगरी ए’ अन्तर्गत स्टार्टअप तथा इन्नोभेसन सम्वन्धि ४ विधाको लागि प्राप्त नोमिनेसनहरुबाट सेमि-फाइनलिस्ट सार्बजनिक गरिएको छ।   

१४ जना बिज्ञ जुरी सदस्य र १५ बिशिस्ट सल्लाहकार समिति रहेको आइसिटी अवार्डको २ चरणको छनौट पश्चात ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसन छनौट भएका छन् । यी ४ विधामा २३० बढीको अनलाइन आवेदन प्राप्त भएको थियो। सेमी-फाईनलिस्टको रुपमा स्टार्टअप आइसिटी अवार्ड अन्तर्गत १० टेक स्टार्टअप, १० सोसियल इन्नोभेसन, १५ प्रडक्ट र १५ राइजिङ स्टार इन्नोभेसन छनौट भएका हुन्।  

null

छनौट भएका उत्कृस्ट १० स्टार्टअपमा आशिर्वाद केयर प्रा. लि., एक्सेलेरेटेड कम्प्युटिङ प्रा. लि., फ्युलिङ एम्बिसन्स प्रा. लि., गरुडएक्स मल्टिपर्पस प्रा. लि., गोमाइगो बुकिङ्स प्रा. लि., लुमिनो टेक्नोलोजी प्रा. लि., रेफेरो सोलुसन्स प्रा. लि., समएक्स इन्क प्रा.लि., योद्धा ल्याब प्रा. लि., जेलियन्ट कम्पनी प्रा. लि. रहेका छन् ।

null

यस्तै उत्कृष्ट १० सोसल इनोभेसनमा बारबर्दिया एग्रो-मेटेरोलोजिकल मेसेज एन्ड एडभाइजरी सिस्टम, खेल्दै सिक्दै कक्षा, कोपिला भ्याली स्कुल मेकर स्पेस, निदान ईएचआर, रिजेन नेपाल, राइड टु अर्न, सेतु, अपस्केलिङ स्मार्ट पब्लिक ट्वाइलेट्स फर बेटर स्यानिटेसन, वायुदृष्टि – वायुसेना, वेस्ट म्यानेजमेन्ट सिस्टम  रहेका छन् ।

null

त्यसैगरी उत्कृष्ट १५ प्रडक्टमा आशिर्वाद केयर, बाइटआउट, सेन्ट्रोनिक्स – सेन्ट्रल मोनिटरिङ सिस्टम, दन्त-मेड, एक्साना, आईएमएस डिजिटल लेन्डिङ, आईपी सेवा, काठमाडौं साइटसिइङ, लेख्नुस्, नेपाल एचआरएम, वान बीएनपीएल, अप्ट ईआरपी, प्यागोडा ल्याब्स डीएमएस, पीडीएफ मर्जली, वायुदृष्टि एटमोस रहेका छन् ।

null

यस्तै उत्कृष्ट १५ राइजिङ स्टार इन्नोभेसनमा दृष्टिल्याब्स, इभोएमओई, हरित पाठशाला, किड्डीगार्ड, लाइफ लाइन, प्रेडिक्शन अफ प्रेडिक्शन, साक्षी, सेतु, स्काइट्रूप–पी१, सुरक्षा ३६०, स्वर-साथी, सिन्याप्टिक, द कैरोस इन्जिन, ट्राफिक आई, जेलियन्ट सप रहेका छन् ।

उत्कृष्ट ५ को लागि स्टार्टअप फेस्ट र ग्राण्ड जुरी 

उत्कृष्ट सेमिफाइनालिस्टले छनौट प्रक्रिया अन्तर्गत अब स्टार्टअप एण्ड आइडिया फेस्ट र ग्राण्ड जुरी सेसनमा सहभागी हुनेछन् । आउदो मङ्सिर पहलो साता आयोजना हुने स्टार्टअप फेस्टमा छनौट भएका सबै ५० टिमले आफ्नो स्टार्टअप तथा इन्नोभेसन शोकेश गर्नेछन्। ग्राण्ड जुरीमा सम्पूर्ण सहभागीले जुरी समक्ष प्रस्तुति र स्पिड डेटिंगको अवसर प्राप्त गर्नेछन् ।
यी सम्पूर्ण प्रक्रिया सम्पन्न गरे पश्चात उत्कृस्ट ५ को छनौट हुनेछ, जुन टिमहरु ग्राण्ड फिनालेमा सहभागी हुनेछन् । उत्कृस्ट ५ पछि पनि सर्बोत्क्रिस्ट छनौटको लागि फिल्ड भिजिट र पब्लिक भोटिंग सन्चालन हुनेछ ।    
यसैगरी व्यक्तिगत अवार्ड विधाहरु(ट्रयाक बि)मा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड , प्रोफेस्नल एक्सिलेन्स आईसिटी अवार्ड र  प्रोफेस्नल एक्सिलेन्स आईसिटी अवाड(वुमन) रहेका छन् । सस्थागत अवार्ड तर्फ (ट्रयाक सि) अन्तर्गत डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, डिजिटल सर्भिसेस (इमर्जिंग सेक्टर), र डिजिटल सर्भिसेस (इन्टरप्राईज सेक्टर) आइसिटी अवार्ड रहेका छन् । यी अवार्ड विधाहरुमा पनि छनौट प्रक्रिया जाति छ । 

दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप अवार्ड २०२६ र साउथ एसिया एआई इनोभेसन आईसिटी अवार्ड २०२६ पनि संचालनमा रहेको छ । यी सबै विधाहरुमा छनौट प्रक्रिया संचालनमा रहेको छ । छनौट प्रक्रियाको लागि नेपालबाट १४ र अन्य देशका अन्तर्राष्ट्रिय जुरी सदस्य रहेका छन् भने १५ जनाको बिशिस्ट सल्लाहकार समित गठन भएको छ ।

लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने आइसिटी अवार्डमा विभिन्न संस्थाहरूको सहकार्य रहनेछ । सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ । आइसिटी अवार्डको छनौट प्रकृया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकको दाबी रहेको छ ।

अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितीको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन । बिस्तृत जानकारीको लागि वेबसाइट www.ictaward.org हेर्न सकिनेछ ।