कीवर्डहरू -

क्रियटरलाई सहयोग गर्न ‘सुपर थाङ्ग्स’ फिचर ल्याउँदै युट्युब

क्रियटरलाई सहयोग गर्न ‘सुपर थाङ्ग्स’ फिचर ल्याउँदै युट्युब

युट्युबले क्रियटरहरुलाई टिप दिने नयाँ माध्यम ल्याउने भएको छ । यो फिचरलाई सुपर च्याट क्रियटर भुक्तानी अप्सन भनिन्छ ।

यो फिचरले लाइभ स्ट्रीममा मात्रै नभएर अरु भिडियोमा पनि ‘सुपर थाङ्ग्स’ को मद्दतले भिडियो दर्शकहरुले पैसा दिएर सहयोग गर्न सक्नेछन् । यो फिचर अहिले युट्युबमा परीक्षण भईरहेको छ ।

२ डलर देखि ५० डलरसम्म पैसा दिन सकिने छ । पैसा गएपछि खुशीयाली मनाएको जस्तो एनिमेसन स्क्रीनमा आउँछ र भिडियो तलको कमेन्ट सेक्सनमा उनीहरुको नाम रङ्गीबिरङ्गी तरीकाले आउने गर्दछ । जाँच गर्दा यो फिचरलाई युट्युबले गत वर्ष भ्युअर अपलज नाम दिएको थियो र अहिले सुपर थाङ्ग्स राखिएको छ ।

पैसा भुक्तानी गर्न चार ओटा माध्यम रहेको कम्पनीले बताएको छ र त्यसमध्य एउटा सुपर थाङ्ग्स रहेको छ । यो फिचर पाउनका लागि क्रियटरहरु युट्युब पार्टन प्रोग्राममा समावेश भएको हुनुपर्छ ।