कीवर्डहरू -

राष्ट्रिय आविष्कार केन्द्रमा सीएनसी लेजर मसिन जडान

राष्ट्रिय आविष्कार केन्द्रमा सीएनसी लेजर मसिन जडान

राष्ट्रिय आविष्कार केन्द्रमा सीएनसी लेजर मसिन जडान गरिएको छ । आविष्कार केन्द्रका संस्थापक महावीर पुनले केन्द्रमा सीएनसी लेजर मसिन जडान भएको जानकारी दिएका हुन् ।

अब कुनै अनुसन्धानकर्ताहरुले काठ, एक्रिलिक र प्लास्टिक बाट कुनै सामानको डिजाईन गरेर काट्न प्रयोग हुनेछ । साथै कसैलाई सीएनसी लेजर मसिन चाहिएमा राष्ट्रिय आविष्कार केन्द्रमा सम्पर्क गर्न सकिने छ । केन्द्रमा पुरानो एउटा सीएनसी लेजर मसिन पनि रहेको छ ।

राष्ट्रिय आविष्कार केन्द्रले अबको ४ महिना भित्रमा २५ एमएमसम्मको धातुको पाता काट्ने सीएनसी लेजर मसिन  र ३ एक्सिसको सीएनसी मसिन किन्ने योजना बनाएको पुनले बताएका छन् ।

पुनका अनुसार कोही व्यापारीहरुले त्यस्तो सामान बेच्न चाहेमा त्यसको मुल्य र  स्पेसिफिकेसनसहित [email protected] मा सम्पर्क गर्न सकिने छ  ।