कीवर्डहरू -

चिठ्ठा परेको छ भन्दै एनसेलको नाम लिएर भाइबर, ह्वाट्सएपबाट ठगी

चिठ्ठा परेको छ भन्दै एनसेलको नाम लिएर भाइबर, ह्वाट्सएपबाट ठगी

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको नाम लिदै भाइबर, ह्वाट्सएप जस्ता एपबाट कल गरी चिठ्ठा परको छ भन्दै ठगी गर्ने गरेको पाइएको छ ।

एनसेलले शुक्रबार एक सूचना जारी गर्दै एनसेल एनसेलको नाम लिदै भाइबर, ह्वाट्सएप जस्ता एपबाट कल गरी लट्री/चिठ्ठामा २५ लाख जितेको भन्ने गलत सूचना प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

कम्पनीले सूचनामा भनेको छ, ‘एनसेल आजियाटा लिमिटेडको नाम लिँदै एनसेलका ग्राहकहरुलाई भाइबर, ह्वाट्सएप जस्ता एप्सबाट कल गरी लट्री/चिठ्ठामा २५ लाख जितेको भन्ने गलत सूचना प्रदान गरी उक्त रकम लिन आफ्नो बैंक एकाउन्टको विवरण उपलब्ध गराउन भन्दै भ्रामक सन्देश आएको भन्ने गुनासोप्रति यस कम्पनीको ध्यानाकर्षण भएको छ ।’

एनसेलले यस्ता कलमा दाबी गरिएको जस्तो कुनै पनि लट्री वा पुरस्कारको योजना सञ्चालन नगरेको जानकारी दिएको छ ।

साथै कम्पनीले आफ्नो कुनै पनि व्यक्तिगत विवरण जस्तै बैंक अकाउन्ट नम्बर, पासवर्ड वा अन्य निजी विवरणको जानकारी कसैलाई नदिन आग्रह गरेको छ ।

हेर्नुहोस सूचना

\"\"