कीवर्डहरू -

यी ठाउँमा उपलब्ध छ सीजी नेट

यी ठाउँमा उपलब्ध छ सीजी नेट

चौधरी ग्रुप अन्तर्गतको सीजी नेटको इन्टरनेट सेवा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा उपलब्ध भएको छ । सीजी नेटको सेवा हाल जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा (रिङरोड) पुलचोक, कुलेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, बल्खु र कलंकीमा उपलब्ध भएको हो ।

अन्य ठाउँमा पनि सीजी कम्युनिकेसन्सले इन्टरनेट सेवा विस्तार गर्दैछ । सिजीले हाल १२० एमबीपीएसको इन्टरनेट विभिन्न शुल्कमा उपलब्ध गराएको छ । जसमा मासिक ९९९ रूपैयाँ, ३ महिनाको २ हजार ९९७, ६ महिनाको ६ हजार ९९४ र एक वर्षको ११ हजार ९८८ शुल्क तोकिएको छ ।

यी प्याकेज खरिद गर्दा जडान र ड्रप वायर चार्जको शुल्क लाग्ने छैन् । माथिका मूल्यमा टिएससी शुल्क समावेश गरिएको छ । भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु हुनेछ ।

चौधरी ग्रुपले इन्टरनेट व्यवसायमा पनि हात हाल्दै केही समय अगाडि सीजी नेट सुरु गरेको थियो । कम्पनीले सबैभन्दा छिटो र सस्तो सेवा उपलब्ध गराउने जनाएको छ ।