कीवर्डहरू -

युरोपमा बनेको सीजीका डिसवासर र वासिङ मेसिन नेपाली बजारमा

युरोपमा बनेको सीजीका डिसवासर र वासिङ मेसिन नेपाली बजारमा

सीजीले हालै युरोपमा डिजाइन र उत्पादन गरि वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ । युरोपमा उत्पादन भएका कारण यी सामाग्रीहरुमा विभिन्न किसिमका विशेषताका साथै निकै नै आकर्षक स्वरुपमा पनि रहेका छन् ।

डिजिटल ड्राइभ मोटर यस वासिङ मेसिनको विशेषता हो । यो मेसिनले घरको विजुलीको बचत गराउने र एकदमै शान्तरुपमा पनि चल्ने कम्पनीले जनाएको छ ।

यसमा पर्ल ड्रमको प्रयोग गरिएको छ । जसले लुगालाई हेरचाह गरि सफासँग धुने र लुगाको आयु पनि बढाउँदछ । यसमा एलर्जी सेफ नामक प्रोग्राम पनि राखिएको छ ।

यो प्रोग्रामले कपडामा रहेको विभिन्न किसिमका एलर्जेन्सहरुलाई हटाई कपडा स्वच्छ राख्दछ । यो वासिङ मेसिन बुमर्‍याङ बडि सेपमा रहेको हुनाले कपडा धुदा भाइब्रेसन कम हुने गर्दछ ।

तेस्तै यसमा इकोलोजी सिस्टम पनि रहेको छ । यो सिस्टमले गर्दा मेसिन कम लोडमा चलाउँदा पनि विजुली तथा पानी कम खाने गर्दछ ।

यो वासिङ मेसिनमा १५ वटा वास प्रोग्रामहरु राखिएको हुनाले आफ्नो इच्छा अनुसार कुनै पनि प्रोग्राम प्रयोग गर्न सकिन्छ ।

यो वासिङ मेसिनले कपडा धोई सकेपछि आफै भित्र नै लुगा सुकाई दिने भएकोले यो मनसुन मौसममा एकदम नै उपयोगी हुने कम्पनीले दावी छ ।  कम्पनीले यसको खरिदमा १० वर्षको मोटर वारेन्टी समेत प्रदान गरेको छ ।

त्यस्तै अर्को युरोपमा डिजाइन र उत्पादन गरिएका डिसवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा उपलब्ध गराएको छ  ।

यसमा डिस्प्ले स्क्रिन तथा टच स्क्रिन भएका हुनाले यी डिसवासरहरु प्रयोग गर्न सजिलो हुनेछ । यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् ।

यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरु रहेका छन् । ती विशेषताहरुमा स्टिम वास, अटो डोर टेक्नोलोजि, विएलडीसी टेक्नोलोजी, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेका छन् ।

स्टिम वासको सहायताले कट–कटिएका भाँडाहरु, जुन हातले धुँदा एकदमै कठिनाई हुन्छ, त्यस्ता भाँडाहरुलाई सजिलै बाफ उत्पन्न गरि हाइजेनिक राखि सफा नतिजा दिन्छ । त्यस्तै अर्को अटो डोर टेक्नोलोजी रहेको छ ।

यो विशेषताको कारण धोइसकेको भाँडाहरुलाई सुकाई रहने झन्झटबाट मुक्त गर्दछ । यसले भाँडा धोइ सकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्र रहेका बाफहरुलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ ।

बीएलडीसी टेक्नोलोजी वा हाइड्रो पावर पनि यसको विशेषता रहेको छ, जसको मद्दतले घरको पानी, मोटरको इनर्जी र समयको बचत गर्दछ । डुअल प्रो वासको मद्दतले भाँडालाई दुईवटा छुट्टाछुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ ।

त्यस्तै अर्को जेटवास विशेषता रहेको छ । यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्ने कम्पनीले जनाएको छ । हाफ लोड अप्सन टेक्नोलोजीले भाँडाहरु थोरै छन् भने डिसवासरमा रहेको तलको बास्केट वा माथिको बास्केट मात्र प्रयोग गरि भाँडा धुन सकिन्छ ।

यसले गर्दा पनि इनर्जी तथा पानी दुबैलाई जोगाउने गर्दछ । कम्पनीले डिसवासरको खरिदमा १५ प्लेस सेटिङमा ३ वर्षको मोटर वारेन्टी र १२ प्लेस सेटिङमा १ वर्षको वारेन्टी पनि दिएको छ ।