कीवर्डहरू -

टोक्यो ओलम्पिकको उद्घाटन समारोहमा १८०० ड्रोन प्रयोग गरेर लाईट प्रदर्शन गरियो

टोक्यो ओलम्पिकको उद्घाटन समारोहमा १८०० ड्रोन प्रयोग गरेर लाईट प्रदर्शन गरियो

टोक्यो ओलम्पिकको उद्घाटन समारोहमा १८०० ड्रोन प्रयोग गरेर लाईट प्रदर्शन गरिएको थियो । सर्वप्रथम विभिन्न राष्ट्रहरुको भिडियो गेमको ध्वनिमा परेड गराइएको थियो । त्यसपछि ओलम्पिक पिक्टोग्राम भनेर विभिन्न प्रस्तुतीहरु दिइएका थियो । अन्तयमा १,८२४ ड्रोनहरु मिलेर प्रदशर्नी दिएका थिए ।

सुरुमा ड्रोनहरु मिलेर २०२० गेमको सङ्केत बनाएका थिए र पछि पृथ्वीको आकार बनाएका थिए । यसमा प्रविधिको सदुपयोगले एकदमै राम्रो प्रदशर्नी गराइएता पनि यो भन्दा पहिले पनि यस्तो प्रविधिको प्रयोग धेरै चोटि भईसकेको छ । केही समय अगाडि जेनेसीसले आकाशमा सबैभन्दा धेरै ड्रोन उडाएर विश्व रेकर्ड कायम गरेको थियो ।

हुन्डाई अन्र्तगत रहेको कम्पनी जेनेसीसले गिनीज वल्र्ड रेकर्डको किर्तिमान कायम गर्न ३ हजार २८१ ड्रोन आकाशमा उडाएको थियो । यी ड्रोनहरुले उडेर जेनेसीसको लोगो बनाएका थिए । यो भन्दा पहिले सन् २०२० को सेप्टेम्बरमा रुसले २ हजार २०० ड्रोन  उडाएर किर्तिमान कायम गरेको थियो । इन्टेलले पनि यस अघि २ हजार ६६ ड्रोन उडाएको थियो । ड्रोन प्रयोग गरेर कुनै आकार देखाउन कोरियोग्राफी सफ्टवेयरको प्रयोग गरिन्छ ।